किसानलाई धनी बनाउने गरि प्रदेश सरकारले योजना बद्ध काम गर्दै : शर्मा

Author Logo..
२०७६ माघ २७ गते सोमवार

लमही, प्रदेश ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले किसानलाई धनी बनाउने गरि जीवनस्तरमा सुधार ल्याउने गरी प्रदेश सरकारले योजना बद्ध काम गरिरहेको बताए ।

सोमबार कृषि व्यवस्थापन सहयोग तथा तालिम केन्द्र खजुरा, बाँकेको आयोजनामा गढवा गाउँपालिका ३ गोवरडिहामा सञ्चालन गरेको ६ दिने प्रदेश स्तरीय कागती खेती बगैंचा व्यवस्थापन तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले प्रदेशलाई कागतीमा आत्मनिर्भर बनाउन किसानहरुले मेहनत गर्ने र सरकारले प्राविधिक सहयोग गर्ने बताए ।

त्यसैगरी उनले विगतको स्थिति जस्तो अहिले नभएको भन्दै नागरिकको जीवनस्तरमा धेरै सुधार आएको समेत दाबी गरे । अझै सुधारको खाँचो छ, उनदे भने,‘ जनतालाई धनी बनाउनुपर्छ । यस तर्फ हामीले ध्यान दिएको छौं ।’ कृषि व्यवस्थापन सहयोग तथा तालिम केन्द्रका खजुरा बाँकेका निमित्त प्रमुख अम्मरराज शर्माको अध्यक्षता तथा प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादव, तालिममा सहभागी अगुवा किसान तथा कागती उत्पादन संघका प्रदेश अध्यक्ष झग्गुप्रसाद ओली , शुसिला गिरी, डि एण्ड के सिट्रस कृषि फर्मका प्रमुख अञ्जीत चौधरी लगायतले तालिम निकै उपलब्धि मुलक भएको बताएका थिए ।

तालिमको प्रशिक्षकमा सुन्तला जात फलफूल विज्ञ हरिप्रसाद सुवेदी, रमेश सुवेदी, तेज शर्मा रहेका थिए,भने कार्यक्रमको सहजिकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार