• २०७७ कार्तिक १२ गते बुधवार

जनकल्याण मा.विको ब्यवस्थापन समिती अध्यक्षमा वडाध्यक्ष डाँगी

Author Logo..
२०७६ माघ २६ गते आइतवार

 

 

निर्मल न्यौपाने, शान्तिनगर,  शान्तिनगर २ मा रहेको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुरको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा फर्साराम डाँगी अध्यक्ष भएका छन् । वडा नम्बर २ का वडाध्यक्ष समेत रहेका डाँगी आईतबार सर्बसम्मत रुपमा विद्यालयको अध्यक्षमा चयन भएका हुन् । त्यसैगरी समितीका सदस्यहरुमा खर्के सुनार ( शिशिर), तुलाराम खड्का, खुमबहादुर वली, सरस्वती न्यौपाने, देउरुपा खड्का र कमला परियार चयन भएका छन् । त्यसैगरी  शिक्षक अभिभावक संघको अध्यक्षमा त्यस विद्यालयका पुर्व शिक्षक शिवप्रसाद वली  चयन भएको विद्यालयका शिक्षक टिकाराम खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार