• २०७७ फाल्गुन २३ गते आइतवार

दाङमा हात्ति पाईले रोग विरुद्धको औषधी खुवाउने १० औ चरणको अभियान शुरु

Author Logo..
२०७६ माघ २५ गते शनिवार

तुलसीपुर, दाङ लगाएत १३ जिल्लामा शनिबारदेखि हात्तिपाईले बिरुद्ध औषधि खुवाईने अभियान शुरु भएको छ । माघ २५ गते देखी फागुन १४ गते सम्म हात्तिपाईले रोग बिरुद्धको औषधी १० औं चरणमा खुवाईदै गरेको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङमा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउने योजना रहेको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दाङमा २०६७ सालमा ४२ प्रतिशतमा यो रोगको संक्रमण थियो, तर अहिले ४ प्रतिशत रहेको छ । तर यसलाई पूर्णरुपमा उन्मुख गर्नको लागी सबैले औषधी खानु पर्छ । अझै पनि धेरै नागरिकहरुले यो औषधी खान डराउने गर्दछन् । यो औषधी विगतका बर्षहरुमा सबैले खाएको भए दाङमा यस बर्ष खानु पर्ने थिएन् ।

त्यसैले दाङमा अब आउँदो बर्ष पनि यो औषधी खानु पर्ने अवस्था रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । त्यसैगरी दाङमा यो अभियान शुरु भएदेखी नियमित औषधी खादै आएको तुलसीपुर ९ दोघरेका निमकान्त पाण्डेले बताए । तर अहिले सम्म यो औषधी खादाँ कुनै समस्या नभएको भएता पनि घर परिवारलाई खुवाउनको लागी कर गर्नु पर्ने उनले बताए ।

त्यस्तै शान्तिनगर २ कि कल्पना डाँगीले पनि यो औषधी गत बर्ष पनि खादाँ स्वास्थ्यमा केही समस्या नदेखिएकाले यसबर्ष पनि औषधी खाएको बताईन् । हाम्रा लागी राज्यले यति धेरै खर्च गरेर अभियान चलाएको छ, उनले भनिन्,‘तर हामीमा भने अझै त्रास छ ।’ यदि हामीले औषधी खादाँ असर गर्ने भए किन राज्यले यो अभियान चलाउने थियो होला ।

 

त्यस्तै तुलसीपुर ९ की जमुनी थापाले पनि दाङमा यो अभियान शुरु भएको देखी खादै आएको बताईन् । उनले औषधी खादाँ सामान्य समस्या हुने गरेको भएता पनि यो रोग देख्दै डराउने अवस्था भएकाले औषधी खाने गरेको बताईन् । दाङमा यो अभियानलाई सफल बनाउनको लागी जनप्रतिनिधीहरु समेत औषधी खुवाउँने केन्द्रमै खटेर लागी परेका छन् ।

तुलसीपुर ९ का वडा सदस्य डम्बर पुरीले गत बर्षको तुलनामा यस बर्ष औषधी खानेहरुको संख्या बढेको बताए । त्यसैगरी उनले प्रत्यक्ष स्वास्थ्य कर्मीहरुको अगाडी औषधी खुवाउँदा पनि नागरिकहरुले सजिलै संग खाएको र अहिले सम्म कसैलाई कुन समस्या नभएको बताए ।

। दाङमा करिब २ महिना अगाडी ४ स्थानमा परिक्षण गरिएको थियो । जसमा सबैभन्दा बढि देउखुरी क्षेत्रमा ४ प्रतिशत , तुलसीपुरको टरिगाउँमा ,१.७ प्रतिशत, घोराहीको नारायणपुरमा ०.७ प्रतिशत र दाङ कै कमिरेचौर ० प्रतिशत यो रोगका संक्रमण भएका विरामी भटिएका नगर स्वास्थ्य केन्द्र तुलसीपुर दोघरेका प्रमुख सिनियर अहेव ईश्वरी प्रसाद चालिसेले बताए ।

 

त्यसैगरी विगतको बर्षको तुलनामा भन्दा यस बर्ष औषधी खानेहरुको संख्या बढि रहेको उनले बताए । त्यसैगरी उनले औषधी खाएपछि कुनैलाई त्यस्तो समस्या देखीमा तुलसीपुर उपहानगरपालिकाले निशुल्क २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको र उपचारको लागी राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा ब्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार