• २०७७ फाल्गुन १२ गते बुधवार

दाङमा चट्याङ लागेर ३ जनाको मृत्यु

Author Logo..
२०७६ माघ २५ गते शनिवार

तुलसीपुर,  दाङमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । शनिवार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षिया लक्ष्मी आचार्य र सोहि ठाउँ बस्ने ६ वर्षिया बालिका श्रृष्टी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चट्याङ लागेर गम्भिर घाईते भएका दुवै जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै घोराही उपमहानगरपालिका ११ हापुर बस्ने सुर्य बहादुर पुरीका ८ वर्षिय छोरा तारा बहादुर पुरीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दिउँसो साढे एक बजे घर आँगनमै खेलिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भिर घाईते भएका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार