तुलसीपुरमा नेपाल कानून ब्यबसायी परिषद्को पार्षद पदको निर्वाचन

Author Logo..
२०७६ माघ २५ गते शनिवार


दाङ,२५ माघ । नेपाल कानून ब्यबसायी परिषद्को पार्षद पदका लागि शनिबार देशभर मतदान हुदैछ । बिहान १० बजेदेखि अपरान्ह् ४ बजेसम्म मतदान हुने छ । ७ वटा प्रदेशबाट एक एक जना निर्वाचीत हुने परिषद्को बैधानिक ब्यबस्था अनुसार शनिबार उच्च वार तुलसीपुरमा पनि मतदान भई रहेको छ ।

प्रदेश ५ बाट नेपाली काग्रेस निकट प्रजातन्त्रीक कानून ब्यबसायीको तर्फबाट बाबुराम पाण्डेले उम्मेदवारी दिए । संयुक्त समूहबाट सीताराम अग्रवाल हुन् । अग्रवाललाई नेकपा र राष्ट्रिय जनता पार्टी निकट कानुन ब्यबसायीले समर्थन गरेका छन् । प्रदेश ५ मा झण्डै ७ सय ४० जना बढी मतदाता छन् भने दाङको तुलसीपुर मतदान केन्द्रमा १ सय ४० जना मतदाता रहेका निर्वाचन कमिटिका संयोजक एबम उच्च वार तुलसीपुरका अध्यक्ष रबिन्द्र शर्माले जानकारी बताए ।

प्रदेश ५ को दाङ,रुकुमपूर्बी,रोल्पा र प्युठानको मतदान केन्द्र उच्च बार तुलसीपुरमा, बाँके र बर्दियाका कानून ब्यबसायीको मतदान केन्द्र नेपालगञ्ज र बुटवल स्थीत मतदान केन्द्रमा रुपन्देही, कपीलबस्तु, अर्घाखाची,पाल्पा,सुस्तापश्चिम नवलपरासी र गुल्मीका कानून ब्यबसायीले मतदान गर्दैछन् भने आजै मतगणना हुने छ । परिषद्को अध्यक्षमा नेपाल सरकारका कानूनी सल्लाहकार अर्थात महान्याधिबक्ता हुने ब्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार