• २०७७ फाल्गुन १८ गते मङ्गलवार

शनिवार देखी दाङ लगाएत १३ जिल्लामा हात्तिपाईले रोगबिरुद्ध औषधि खुवाईदै

Author Logo..
२०७६ माघ २४ गते शुक्रवार

दाङ, दाङ लगायत १३ जिल्लामा भोली शनिबारदेखि हात्तिपाईले बिरुद्ध औषधि खुवाईने अभियान शुरु हुदैछ । भोली माघ २५ गते देखी फागुन १४ गते सम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाईने छ । २५ गते केन्द्रमा, २६, २७, २८, २९ र फागुन १ गते घरदैलोमा र २ गते देखी १४ गते सम्म स्वास्थ्य संस्थाबाट औषधी खुवाईने छ ।
दाङमा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउने योजना रहेको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । तर २ वर्ष मुनिका वालवालिका,गर्भवती महिला,७ दिनको सुत्केरी महिला, सिकिस्त विरामी तथा  दिर्घरोगीहरु वाहेकले उक्त औषधि खानुपर्ने छ । औषधि खुवाउन स्वास्थकर्मीहरु खटिने जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार हात्तिपाईले रोगको संक्रमणका कारण दाङमा हाईड्रोशिल भएका १ हजार ६ सय ११, खुट्टा सुन्नीएका ४ सय २९ र हाइड्रोशिल सँगै खुट्टा सुन्नीएका १६ गरि २ हजार ५६ जना बिरामी छन । ती मध्ये १६ सय जनाको दाङका बिभिन्न अस्पतालमा निःशुल्क अप्रेसन गर्ने कार्यक्रम रहेको छ । नेपालमा कुल हात्तिपाईलेको सक्रमणका विरामीहरु १.७ प्रतिशत रहेको छ भने दाङमा ४ प्रतिशत छन् ।
नेपालका १३ वटा जिल्ला मध्ये बर्दियामा बढि  १० प्रतिसत संक्रमणका विरामीहरु फेला परेका छन् ।  दाङमा  करिब २ महिना अगाडी ४ स्थानमा परिक्षण गरिएको थियो । जनस्वास्थ्य कार्यालय दाङका अनुसार त्यसमध्ये सबैभन्दा बढि देउखुरी क्षेत्रमा ४ प्रतिशत,टरिगाउँका १.६ प्रतिशत, बङलाचुलीको कमिरेचौरमा ० प्रतिशत र नारायणपुरमा ०.७ प्रतिशत हात्तिपाईले रोगका संक्रमित विरामी भेटिएका छन् ।
यो रोग लामखुट्टेको टोकाईबाट सर्ने र कम्तीमा ६ महिनाको यो रोगको लक्षण देखा पर्ने र २ देखी १० बर्षमा पुर्णरुपले लक्षण देखा परि हात्तिको जस्ता खुट्टा हुने गर्दछ ।  हात्तिपाईले रोगबिरुद्धको औषधी निरन्तर ६ बर्षमा खाए संक्रमण नहुने चिकित्सकहरुले बताएका छन् । तर दाङमा यसअघि प्रभाकारि रुपमा औषधि खुवाउने कार्यक्रम हुन नसक्दा १० औं पटक हात्तिपाईले बिरुद्ध औषधि खुवाउने कार्यक्रम यसवर्ष पनि शुरु गरीएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार