• २०७७ कार्तिक १३ गते बिहिवार

नापी कार्यालयका बाँकेका कर्मचारी घुस रकम सहित रंगेहात पक्राउ

Author Logo..
२०७६ माघ २२ गते बुधवार

दाङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले नापी कार्यालयका सर्वेक्षक सहित दुई जनालाई घुस रकम सहित रंगेहात पक्राउ गरेको जनाईएको छ ।

कार्यालयका अनुसार नापी कार्यालय बाँकेमा कार्यरत सर्वेक्षक याम बहादुर खत्री र लेखापढि गर्ने प्रताप केसी घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीसँग ३५ हजार रुपैंया घुस माग गरेको भन्ने उजुरीको आधारमा गएको अख्तियारको टोलीले घुस रकम लिईसकेको अवस्थामा बुधवार नापी कार्यालय बाँकेबाट सर्वेक्षक याम बहादुर खत्री र लेखापढि गर्ने जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ७ घर भई हाल नेपालगन्ज बस्ने केसीलाई नियन्त्रणमा लिईएको सुचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिएका छन् । पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार