• २०७७ कार्तिक ४ गते मङ्गलवार

भव्य सफलताका बिच सकियो तुलसीपुर महोत्सवसव, विमानस्थलको स्तरोन्नती कोषेढुंगा

Author Logo..
२०७६ माघ २१ गते मङ्गलवार


शरद रेग्मी , तुलसीपुर, २१ माघ । एकदिन समय थपिएर तुलसीपुर महोत्सव सम्पन्न भएको छ । महोत्सव तुलसीपुरको समृद्धिकालागी विमानस्थल स्तरोन्नतीमै केन्द्रित थियो । पर्यटन मन्त्री योगेश कुमार भट्टराइले सुभारम्भ गरेको महोत्सवको सभापन तुलसीपुर त्पमहानगरपालिकाका प्रम्ख घनश्याम पाण्डेले गरेका छन् ।
‘घुम्नजाउं तु्लसीपुरसंग जोडिएको यो महोत्सवले तुलसीपुर उमहानगरपालिकाको आन्तिरीक पर्यटनलाइ सहयोग गर्ने हामीले अपेक्षा गरेका छौं’ प्रमुख अतिथि पाण्डेले भने महोत्सव पर्यटन भ्रमण बर्ष २०२० संग पनि जोडिएको छ । तुलसीपुर उमहानगरपालिकाले नेपाल भ्रमण बर्षका अवसरमा अघिसारेका ८४ वटा कार्यक्रम अन्तर्गतनै यो कार्यक्रम भएको पनि समापनका प्रम्ुख अतिथि पाण्डेले बताए ।


तुलसीपुर उद्योग वाणिज्य संघले अघिल्लो पटक लगाएको महोत्सवले अन्चल अस्पतालको स्तरबृद्धि भएको थियो । दोस्रो महोत्सवले हवाइ सेवालाइ निरन्तरता दिन अभ्यस्त थियो भने यसबटकको महोत्सव पनि तुलसीपुरको विमानस्थलको स्थरबृद्धिकैलागी केन्द्रित थियो । त्यसैगरी तुलसीपुर उद्योग वाणिज्यसंघले निर्माण गर्नथालेको वहुआयामिक सभाहल निर्माणको पुरागर्न पनि लक्षित थियो । जग्गादाता यज्ञ केसीले दिएको जग्गामा तुलसीपुर उद्योग बाणिज्यसघले वहुआयामिक स्तरीय सभाहल निर्माण गर्दै छ । यो महोत्सवबाट बचेको पैसा सोहि सभाहल निर्माणमा खर्च गरीने आयोजकले जनाएको छ ।
महोत्सवको आयव्यय केहि दिनमै सार्वजनिक गरीने आयोजक तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले बताएका छन् । महोत्सवमा व्यवसायीक एकताका भएकोमा उनले उच्च प्रंशंसा पनि गरे । मेला महोत्सव सफल पार्न विभिन्न ३६ उपसमितिहरु गठन गरीएका थिए । सवैको सहकार्यले महोत्सव पुर्ण सफल भएको आयोजकले जनाएको छ । यसैबीच तुलसीपुरको टरीगाउंस्थीत विमानस्थलको स्तरोन्नतीकालागी आज सम्म पनि हस्ताक्षर अभियान जारी रहेको छ । हस्ताक्षर अभियानमा तुलसीपुर उपमहानगरपालिकाका प्रम्ुख घनश्याम पाण्डेले पनि हस्ताक्षर गरेका छन् ।

महोत्सवको समापनका दिन लोकपृय कलाकार आस्था रावतले दर्शकहरुको मन खिचेकि थिइन् भने अन्य केन्द्रिय कलाकारह्ररुको प्रस्तुतीले पनि दिनभरी दर्शकहरु मनोरन्जनमा झुमेका थिए । समापन कार्यक्रम महोत्सव मुल आयोजक समितिका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा भएको थियो । सो अवसरमा नेकपाका अध्यक्ष टिकाराम खड्का, नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगत वहादुर खड्का लगायत अन्य राजनितिक दलका जनप्रतिनिधिहरु र संघसंस्थाहरुको पनि बाक्लो उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार