खेलकुदले समुदायसंगको भाईचारा प्रगाढ बनाउँछ : डिआईजी शाह

Author Logo..
२०७६ माघ २१ गते मङ्गलवार


तुलसीपुर, ५ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी सुरेन्द्र विक्रम शाहले खेलकुदले समुदायसंगको भाईचारा प्रगाढ बनाउने बताए । मंगलबार दाङको तुलसीपुरमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले आयोजना गरेको प्रदेशस्तरिय ब्याटमिन्टन प्रतियोगिता समापन कार्यक्रममा बोल्दै उनले खेलकुदले मानिसमा स्फूर्ती, ताजगी भर्नुको साथै निरोगी बनाउन भूुमिका खेल्ने समे बताए ।

उनले हरेक समुदायमा समय÷समयमा यस्ता प्रतियोगिताहरु हुन सके त्यसले युवाहरुलाई दुव्र्यसनी हुनबाट जोगाउन सक्ने समेत बताए । त्यसैगरी ५ नम्बर प्रहरी कार्यालयले बार्षिक क्यालेण्डर बनाएको र आगामी दिनहरुमा समेत यस्ता अतिरिक्त क्रियाकलापहरु गर्दै जाने उनले बताए । प्रदेश ५ को आन्तरिक तथा कानुन मन्त्रालयले अतिरिक्त क्रियाकलाप गर्नको लागी बजेट दिएको र त्यहि बजेटले प्रदेशस्तरिय ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको उनले बताए ।

माघ १८ गतेदेखी २१ गते सम्म भएको प्रतियोतिमा ओपन डबल्समा हरि केसी र केशवराज बुढा मगरको टिम प्रथम भएको छ । त्यसैगरी विनोद शाह र सफिक इद्रिसीको टिम द्धितिय भएको हो । त्यसैगरी भेट्रान डबल्समा प्रतियोगितामा प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत एसएसपी नरबहादुर केसी र दाङ जिल्ला ब्याटमिन्टन संघका सचिव लालबहादुर केसीको टिम प्रथम भएको हो ।

प्रतियोगितामा दाङ जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष भास्कर मजगैंया र मोहन पुरीको टिम द्धितिय भएको हो । त्यसैगरी खुल्ला डबल्स तर्फ विक्रम घर्ती र सञ्जिव श्रेष्ठको टिम तृतिय भएको छ । यो जोडीले भिमलाल विक र तिलकजंग वलीलाई पराजित गरेको थियो । भेट्रान डबल्स तर्फ जगत शाह र यकेन्द्र शाहको टिम तृतिय हुन सफल भएको छ । प्रदेशस्तरिय प्रतियोगितामा प्रदेशका १० जिल्लाका प्रहरी र दाङका स्थानीय खेलाडीहरुका बीचमा प्रतिपर्धा भएको थियो ।

रोल्पा र रुकुम जिल्ला भने प्रतियोगितामा सहभागि नभएको व्याटमिन संघका सचिव लालबहादुर केसीले बताए । प्रतियोगितामा प्रथम हुने ओपन डबल्सको टिमलाई ३० हजार, भेट्रान डबल्समा प्रमथ हुने टिमलाई २० हजार, दुबै विधामा द्धितिय हुने टिमलाई १५ हजार र तृतिय हुने टिमलाई १० हजार नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिता तुलसीपुरस्थित संघीय प्रहरी कार्यालयमा रहेको व्याटमिन्टन कोर्टमा भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार