• २०७७ कार्तिक ६ गते बिहिवार

घोराही १४ का फुटबल खेलाडीहरुलाई नगद सहित सम्मान

Author Logo..
२०७६ माघ २१ गते मङ्गलवार


घोराही, २१ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले तेस्रो मेयर कप रनिङ फुटबल प्रतियोगितामा दोस्रो भएका वडाका खेलाडीलाई सम्मान गरेको छ । वडा कार्यालयले मंगलवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि खेलाडी, प्रशिक्षकलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको हो । खेलाडीहरुलाई नगर प्रमुख नरुलाल चौधरीले जनही २ हजार ५ सय र प्रशिक्षक एवं टिम व्यवस्थापकलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कृत गरे ।

खेलाडीहरु शसि जिसी, स्वपनिल संसार कुमाई, सागर चौधरी, नारायण राना, प्रविण पुन, रमेश बुढा, सौगात पुन, अनमोल डाँगी, अमोल डाँगी, सन्दीप चौधरी, लक्ष्मण चौधरी, मनेश चौधरी, प्रविण बुढालाई सम्मान गरिएको छ । त्यस्तै प्रविण पुन, ललित घर्ती, सन्दीप घर्ती, सानजंग मल्ल, गंगाराम वली, योगेन्द्र सुनार, विराज रोका र बादल बुढालाई जनही २५ सय रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको छ । साथै प्रशिक्षक कमलबहादुर पुन र टिम व्यवस्थापक दिनेश थापालाई जनही ५ हजार रुपैयाँ सहित प्रमाण प्रदान गरिएको छ ।

साथै टिम क्याप्टेन सागर चौधरी खेल्ने क्रममा घाईते भएको र उपचारमा लाग्ने खर्च वडाले व्यहोर्ने जनाएको छ । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले खेल क्षेत्रले स्वस्थता र अनुशासन कायम गराउने बताए । खेलाडीहरुको मनोवल बढाउदै आबस्यक पूर्बाधारको समेत विकासमा नगर प्रतिबद्ध रहेको जानकारी दिए । खेलकुदलाई सामाजिक विकासको अंगकारुपमा आफुहरुले लिएको भन्दै मेहनत र अनुशासनमा केन्द्रित गर्न खेलाडीहरुलाई सुझाब दिए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी खिमा भुसाल, वडा सदस्य लछुमन बुढामगरले खेलाडीहरुलाई बधाई दिदै थप अनुशासित र मेहनती बन्न सुझाब दिए । कार्यक्रमको सहजिकरण वडा सदस्य गुलाम रसुलले गरेका थिए । यही पुस २७ देखि माघ १३ गतेसम्म भएको तेस्रो मेयर कप फुटवल प्रतियोगीतामा वडा नम्बर १४ का खेलाडीहरु दोस्रो भएका थिए । उपबिजेता बनेको वडाका खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार