• २०७७ कार्तिक ४ गते मङ्गलवार

दलित बालबालिकालाई शैक्षिक सामाग्री वितरण

Author Logo..
२०७६ माघ २१ गते मङ्गलवार


तिर्थराज ज्ञवाली, देउखुरी दाङ । राप्ती गाउँपालिका वडा नं १ ले गरिव र जेहन्दार दलित बालबालिकाको पढाई लेखाईमा सहयोग स्वरुप झोला, ड्रेश र कापी उपलब्ध गराएको छ । वडा नं १ का सामुदायिक विद्यालय नेपाल राट्रिय माध्यामीक विद्यालय, नव प्रतिभा आधारभुत विद्यालय, स्वर्गद्धारी प्राथमीक बिद्यालय, गंगा प्राथमीक बिद्यालय र बगासोति प्राथमीक बिद्यालयमा अध्यनरत जेहेन्दार दलित छात्र छात्रालाई झोला, ड्रेश र कापी उपलब्ध गराईएको हो ।
वडा अध्यक्ष तारा बहादुर डिसीको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाल राट्रिय माध्यामीक विद्यालयका प्रधानाध्यापक लोकेन्द्र केसी, नव प्रतिभा आधारभुत विद्यालयका प्रधानाध्यापक मान बहादुर कुमाल र स्वर्गद्धारी प्राथमीक बिद्यालय प्रधानाध्यापक सविता चौधरीले आगामी दिनमा थप कार्यक्रम सहित वडाले शैक्षिक सुधारमा समेत सहयोग पुराउने आशा सहित आफ्ना विचार राखेका थिए । शैक्षिक सामाग्री वितरण कार्यक्रममा वडा सदस्य स्यामलाल पोख्रेल, पुर्ण जंग रेश्मी वडा सचिव असलेख चौधरी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार