• २०७७ कार्तिक ४ गते मङ्गलवार

सिप सिकाउदै घोराही उपमहानगर, ढुंगालाई कुँदेर आकृती बनउन सिक्दै युवाहरु

Author Logo..
२०७६ माघ २० गते सोमवार


घोराही, २० माघ  । दाङको घोराहीमा सोमबार देखी ढुंगालाई कुँदेर विभिन्न आकृती तयार पार्ने तालिम सुरु भएको छ । दाङ हस्तकला संघको आयोजना तथा घोराही उपमहानगरपालिका, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल हस्तकला महासंघको सहयोगमा घोराहीमा एक महिने ढुंगाबाट आकृती कुँद्ने सिपको विकास गर्न तालिम सुरु भएको हो ।

घोराहीका विभिन्न वडाबाट ८ जना युवाहरुको तालिममा सहभागिता रहेको छ । हस्तकला संघ दाङका अध्यक्ष अशोककुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रज्ञा परिषद सदस्य एवं हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले कलालाई व्यवसायमा रुपान्तरण गर्नु पर्ने बताए ।

विभिन्न आकृतीहरु कुँदेर आयआर्जन गर्न सकिने भन्दै उनले सिपलाई अर्थमा रुपान्तरण गर्नु अहिलेको आबस्यकता भएको बताए । कार्यक्रममा घोराही उपमहानगरको पर्यटन तथा सस्कृती प्रर्बद्धन शाखा प्रमुख बालकृष्ण खनाल, पर्यटन समिति सदस्य डा। गोबिन्द आचार्य लगाएतकाले परम्परागत कलालाई नयाँ पुस्तामा सिप हस्तान्तरण गर्नु पर्ने बताए ।

सस्कृतीलाई कलाको रुपमा बिकास गर्दै मौलिकताको संरक्षण र अर्थ संकलनमा समेत टेवा पुग्ने बताए। तालिमको प्रशिक्षकमा अमृत कार्की रहेका छन् । तालिममा सहभागिहरुलाई पहिलो चरणमा गणेशको मूर्ती बनाउन सिकाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार