• २०७७ कार्तिक १३ गते बिहिवार

घोराहीमा फागुन २ गतेदेखी शहिद क्याप्टेन लखन थापा मगर कप फुटबल प्रतियोगिता हुँदै

Author Logo..
२०७६ माघ १९ गते आइतवार

घोराही,  आउँदो फागुन २ गतेदेखी १५ गते सम्म प्रथम शहिद क्याप्टेन क्याप्टेन लखन थापा मगर कप फुटबल प्रतियोगिता दाङमा हुने भएको छ । नेपाल मगर संघ र जिल्ला समन्वय समिति दाङको आयोजनामा प्रतियोगिता हुने आयोजकले बताएको छ । प्रतियोगिता घोराही उपमहानगरपालिका १८ नवलपुर खेल मैदानमा हुने आयोजक नेपाल मगर संघले बताएको छ । आइतवार आयोजकले घोराहीमा पत्रकार सम्मलन गरी जानकारी दिएको हो । खेलहरु नकआउटको चरण खेलाइने फुटबल प्रतियोगिताका संयोजक प्रेम बुढाले बताए । प्रतियोगितामा बढीमा १८ जना खेलाडी दर्ता गर्न पाउनेमा २ जना बाहेक अन्य सबै दाङ जिल्लाको हुने पर्नेछ । ‘एउटा टिमले १८ जना खेलाडी, एक टिम व्यवस्थापक, एक टिम शिक्षक र एक चिकित्सक गरी २१ जना दर्ता गर्न पाउँछ’, संयोजक बुढाले भने –१८ जना खेलाडीमा २ जना बाहिरबाट लिन पाउनेमा त्यो पनि प्रदेश ५ भित्रकै हुनु पर्ने आयोजकले बताएको छ । साथै अन्य खेलाडी भने दाङ जिल्ला भित्रकै स्थायी बसोबास गरेको हुनु पर्ने छ । खेलमा सहभागी हुनका लागि माघ २० गतेदेखि २४ गतेसम्म टिम दर्ता गर्नु पर्ने छ । टिम दार्ताका लागि ५ हजार शुल्क निर्धारण गरिएकोे र यहि माघ २८ गते टाइसिट वितरण गर्ने संयोजक बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार