• २०७७ कार्तिक ६ गते बिहिवार

चीनमा कोरोना भाइरसबाट २ सय ५९ को मृत्यु, ११ हजार सात सय ९१ प्रभावित

Author Logo..
२०७६ माघ १८ गते शनिवार

एजेन्सी, १८ माघ । चीनमा कोरोना भाइरसबाट अहिलेसम्म २ सय ५९ जनाको मृत्यु भएको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या ११ हजार सात सय ९१ पुगेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’घोषणा गरिसकेको छ ।

 

उता   अमेरिकाले कोरोना भाइरसविरुद्ध सतर्कता अपनाउँदै आफ्नो देशमा आउने विदेशी नागरिकमाथि कडाइ गर्ने जनाएको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भइरसको संक्रमण विश्वका २२ देशमा फैलिएपछि अमेरिकाले आपतकालीन स्वास्थ्य अवस्थाको घोषणा गरेर आफ्नो देश प्रवेश गर्ने विदेशी नागरिकमाथि कडाइ गर्ने जनाएको हो ।

चीनबाट फर्केका अमेरिकी नागरिकलाई पनि अलग्गै राखेर स्वास्थ्य परिक्षण गरिने अमेरिकी अधिकारीले बताएका छन् । दुई साताअघि चीनबाट अमेरिका पुगेका एक व्यक्तिमा कोरोना भाइरस भएको पुष्टि भएपछि अमेरिकाले थप सर्तकता बढाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार