• २०७७ फाल्गुन १२ गते बुधवार

राप्तीमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठी

Author Logo..
२०७६ माघ १८ गते शनिवार


तिर्थराज ज्ञवाली, देउखरी दाङ । राप्ती गाँउपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयूक्त बनाई समृद्व नेपाल सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउने उदेश्यका साथ राप्ती गाँउपालिका र सुआहारा कार्यक्रमद्घारा संयुक्त रुपमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठीको आयोजना गरिएको छ ।

मानव विकासमा कुपोषण अवरोधको रुपमा नरहोस् भन्ने बहुक्षेत्रीय पोषण योजना दोस्रोको मुलमर्म र अवधारणा अनुरुप मातृ, शिशुु तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार ल्याउन राप्ती गाउँपालिका, दाङका जन प्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरु तथा स्वास्थ्य संस्थाका प्रमुखहरु लगाएत अन्य सरोकारवालहरुको सहभागितामा शुक्रवार र शनिवार कार्यक्रम आयोजना गरिएको हो । स्वास्थ्य तथा पोषणका लागि २६ बुदे स्थानीय सुशासन नीतिहरुहरुको निर्माण गर्दै कार्यान्वय गर्ने प्रतिबद्धताका साथ सम्पन्न भएको कार्यक्रमले राप्ती गाउँपालिकाको पोषण दुतको रुपमा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीलाई चयन गरेको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकामा स्वास्थ्य र पोषणको क्षेत्रमा स्वास्थ्य शाखा, शिक्षा शाखा, खोपानी तथा सरसफाई, कृषि, पशु, महिला तथा बालबालिका र प्रशासन शाखाले गर्दै आएका प्रयास र उपलब्धिका बारेमा विश्लेषण गर्दै आगामी रणनिति समेत निर्माण गरिएको हो ।

गोष्ठीमा राप्ती गाउँपालिकामा स्वास्थ्य र पोषणको क्षेत्रमा भएगरेका कार्य प्रगतिका वारेमा शिक्षा अधिकृत बासुदेव खनाल, स्वास्थ्य शाखा सह संयोजक भारती सन्यासी खानेपानी तथा सरसफाइ शाखा संयोजक गिता चौधरी, पशु सेवा शाखाका कमल पुन, महिला तथा बालबालिका शाखा प्रमुख जिवन कुमारी जिसीको जानकारी गराएको थिईन् ।

एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चित्ता गोष्ठीको अवसरमा स्वास्थ्य तथा पोषणको क्षेत्रमा तत्काल वा आगामी आर्थिक वर्षमा सञ्चालन हुनेगरि २५ बुदामा रहेर योजना निर्माण गरिएको छ । साथै कृषी तथा पशु सेवा तर्फ १७ बुदा, खानेपानी तथा सरसफाइ र स्वच्छताका विषयमा ६ बुदा, महिला तथा बालबालीका क्षेत्रमा ८ बुदा र शिक्षा क्षेत्रका लागि ६ बुदामा रहेर यस वर्षका क्रियाकलापहरु तय गरी बार्षिक तथा त्रैमासिक योजना बनाई कार्यान्वयन गर्ने तथा अर्को वर्षदेखि उक्त प्रतिबद्धता अनुसार योजना बनाई तथा बनाउन सहजिकरण गरी योजना निर्माण प्रक्रियाको माध्ययमबाट पालिकाको वार्षिक कार्यक्रममा समाहित गराउने योजना निर्माण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार