• २०७७ फाल्गुन १५ गते शनिवार

पितृ शोकमा परेका पत्रकार पौडे्लको घरमा श्रद्धाञ्जली सभा

Author Logo..
२०७६ माघ १८ गते शनिवार

तुलसीपुर, पत्रकार वसन्त पौडे्लका पीता स्वर्गीय चन्द्रलाल पौडेलको स्मृतीमा शनिबार श्रद्धाञ्जली सभा गरिएको छ । ९ औं दिनको पुण्य तिथीमा नेपाल पत्रकार महासंघ दाङ,नेपाल प्रेस युनियन,प्रेस संगठन र प्रगतिशील पत्रकार संघको संयुक्त आयोजनमा उहाँको निवास तुलसीपुर उपमहानगरपालिका ४ हलवारमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । महासंघ दाङका सचिव भुपेन्द्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले पौडे्लको निधनले गाँउ सिङगो समाज साथै पत्रकारिता क्षेत्रले एउटा अविभावक गुमाएको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महाँसंघ दाङका सल्लाहकार दुर्गालाल केसी,नेपाल प्रेस युनियनका नि ः वर्तमान अध्यक्ष सुशील वस्नेत,प्रेस सेन्टरका केन्द्रिय सदस्य टिका वस्नेत,रेडियो हाम्रो पहुँच सञ्चालक समितिका अध्यक्ष शुक्रराज भण्डारी लगाएतकाले बोलेका थिए ।
कार्यक्रममा परिवारको तर्फबट धन्यवाद ज्ञापन स्वर्र्गीय पौडे्लका कान्छा छोरा वसन्त पौडेल र सहजिकरण नेपाल पत्रकार महाँसंघका सह सचिव गोकर्ण पौडेलले गरेका थिए। तुलसीपुर उपमहानगरपालिका ४ हलवार निवासी पौडेलको ७० वर्षको उमेरमा माघ १० गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार