तुलसीपुर, दाङमा यही माघ २५ गते देखी फागुन १४ गते सम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाईदैछ । २५ गते केन्द्रमा, २६ देखी फागुन १ गतेसम्म घरदैलो र २ गते देखी १४ गते सम्म स्वास्थ्य संस्थाबाट औषधी खुवाईने भएको छ । लामखुट्टेको टोकाईबाट हात्तिपाईले लाग्ने रोग हो । दाङमा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउने योजना रहेको छ ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका १ लाख ४८ हजार ८ सय ३६ जनालाई औषधि खुवाईने स्वास्थ्य शाखाले जनाएको छ । त्यसका लागि ४ सय ९६ जना स्वास्थ्यकर्मी र २ सय १८ जना महिला स्वयमसेविकालाई खटाईने छ ।
१ जना स्वास्थ्यकर्मीले २ सय ५० जनालाई हात्तिपाईले बिरुद्धको औषधी खुवानु पर्ने छ । प्रत्येक वडामा ४ वटा बुथ औषधी खुवाउनका लागि बनाईने शाखाले जनाएको छ । तर हात्तीपाईले रोग बिरुद्धको औषधी खाने अभियानमा समाजका अगुवाहरुले प्रभाबकारी सहयोग गर्नु पर्ने स्वास्थ्यकर्मीहरुले सुझाब दिएका छन् । हात्तिपाईले रोग बिरुद्ध औषधि सेवन कार्यक्रममा पालिकाका स्तरिय योजना तर्जूमा तथा बहुनिकाय गोष्ठिमा शनिबार सहभागी तुलसीपुुर उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य चौकि र शहरी स्वास्थ्य केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुले जनप्रतिनिधि र शिक्षकले पूर्ण रुपमा सहयोग गर्न सके लक्ष्य पुरा हुने बताएका छन् ।
सन् २०११ देखि शूरु भएको यो अभियान दाङ लगायत १३ जिल्लामा प्रभाबकारी हुन नसक्दा पुन ः थप गरिएको छ । अरुलाई यो औषधी खान सुझाव दिने स्वयम जनप्रतिनिधि,शिक्षक लगाएत समाजका अगुवाहरुले भने आफुले बिभिन्न बाहना गरि नखाने गर्दा अभियान प्रभाबकारी हुन नसकेको स्वास्थ्यकर्मीहरुले गुनासो गरे । जानेबुझेको, शिक्षित वर्गले नै खान हुनेमा शंका गर्छ, जसलाई लाल बुझक्कड बन्न सकिन्छ, स्वास्थ्यकर्मी बसन्त आचार्यले बताए ।
यो औषधि लगातार खाएको ६ बर्षमा हात्तीपाईले रोग बिरुद्धको औषधी सेवनले यसको संक्रमणको जोखिम हट्ने, उनले भने ,‘ तर पनि सबैले औषधी नखाई दिदाँ दाङमा निर्धा्रित समय भन्दा ५ बर्षपछि धकेलिएको छ ।’ सरकारले दाङमा यसबर्ष पनि १० औँ चरणको औषधी सेवन कार्यक्रम सञ्चालन गर्दैछ । यस बर्ष खुवाए सँगै अर्को बर्षमा पनि औषधी खुवाउनु पर्ने अबस्था रहेको छ ।
सबै नागरिकहरुलाई औषधी खुवाएर ४ बर्ष अघि नै हात्तिपाईले रोगको संक्रमण शून्यतामा झार्ने अभियान भएको भएता पनि औषधी नखाई दिदाँ प्रभावित भएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ओम पि न्यौपानेले बताए । गएको बर्ष दाङमा ५८ प्रतिशत मानिसले मात्रै औषधी सेवन गरेपछि अभियानलाई लम्व्याउनु परेको जनस्वास्थ्य कार्यालय दाङले बताएको छ ।
२ वर्ष मुनिका वालवालिका, गर्भवती महिला, ७ दिनको सुत्केरी महिला, सिकिस्त विरामी तथा दिर्घ रोगीहरु वाहेक सवैले यो औषधि सेवन गर्नै पर्छ स्वास्थ्य शाखाका बिमल केसीले बताए । हात्तिपाईलेका कारण दाङमा हाईड्रोशिल भएका १ हजार ६ सय ११, खुट्टा सुन्नीएका ४ सय २९ र हाइड्रोशिल सँगै खुट्टा सुन्नीएका १६ गरि २ हजार ५६ जनामा संक्रमण रहेको उनले बताए ।