घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई अग्रेजी सिकाउदै

Author Logo..
२०७६ माघ १७ गते शुक्रवार


घोराही, घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी भाषालाई प्रभावकारी बनाउन शिक्षकलाई पढाउन थालेको छ । निजि विद्यालयहरुले अंग्रेजी विषयलाई प्राथमिकता दिएकै कारण अभिभाबकहरुको ध्यान उतै जाँदा सरकारी विद्यालयका शिक्षकलाई शिक्षण सिकाईमा पोख्त पार्न लागिएको हो ।

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले प्रावि तहका दुई दर्जन बढी विद्यालयका शिक्षकहरुलाई अंग्रेजी भाषाका बिषयमा ५ दिने तालिम दिएको छ । निजी विद्यालयहरुले अंग्रेजी माध्यमबाट पढाएकै कारण अभिभाबकहरुको ध्यान उतै गएपछि सरकारी विद्यालयले पनि अंग्रेजी विषयलाई अनिवार्य बनाउन थालेको हो ।

त्यसैका लागि अंग्रेजी भाषामा शिक्षकलाई पोख्त बनाउन तालिम सञ्चालन गरेको महाशाखाका शाखा अधिकृत नारायण पौडेलले बताए । २४ जना बढी शिक्षकहरुलाई अंग्रेजी भाषामा शिक्षण सिकाई कसरी गर्ने भन्ने बिषयमा मोहनकुमार अधिकारी, श्रीधर पोख्रेल, गंगा गौतम र सरस्वती पौडेलले ५ दिने तालिम दिएका थिए ।

तालिमको समापनमा घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता सिग्देल न्यौपानेले सरकारी विद्यालयले अभिभाकबको मन जित्न आबस्यक रहेको बताईन् । उनले सरकारी विद्यालयमा पढाउने अधिकांश शिक्षकलाई आफ्नै ज्ञानसिप माथी विश्वास नभएकै कारण निजि विद्यालयमा पढाउने गरेको समेत बताईन् ।

पछिल्लो समय अंग्रेजी भाषा सबै क्षेत्रमा अनिवार्य जस्तै हुदै गएको भन्दै उहाँले शिक्षण सिकाईमा सुधार भए मात्रै सरकारी विद्यालय सप्रिने उल्लेख गर्नुभयो सुधार हुने उनको भनाई थियो । कार्यक्रममा प्रशिक्षक मोहनकुमार अधिकारीले हरेक भाषा अभ्यासमा भर पर्ने भन्दै शिक्षकले मेहनत नगरे शिक्षण सिकाईमा उपलब्धी नहुने बताए ।

तालिममा सहभागि शिक्षकहरु जुनु नेपाली र बलदेब शर्माले आफुहरुलाई समय अनुसारको शिक्षा दिन मेहनत आबश्यक रहेको बताए । उनीहरुले आफुहरुले पाएको जिम्मेवारी बालबालिकाको भविष्य सँग जोडिने भन्दै तालिमले हौसला र अबसर दिलाएको उल्लेख गरे । कार्यक्रमको सहजिकरण शिक्षा महाशाखाका विपना बर्तौलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार