शान्तिनगर, अपांग शसक्तिकरण केन्द नेपालले शान्तिनगर २ सिमसुन्दरपुरमा पढ्ने ८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा दिएको छ । शान्तिनगर २ सिमसुन्दरपुरमा रहेको जनकल्याण माध्यामिक विद्यालयमा अध्ययनरत ८ जना अपांग विद्यार्थीलाई केन्द्रले शैक्षिक सामाग्री र न्यानो कपडा दिएको जनाएको छ । विद्यार्थीहरुलाई पढ्नको लागी र जाडोमा केही रातह होस भनेर वितरण गरेको केन्द्रले जनाएको छ । केन्द्रकी अध्यक्ष रजनी शाहको अध्यक्षतामा तथा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष फर्साराम डाँगीको प्रमुख आथित्यता एवं विद्यालयका नि.प्र. दिपक कुमर गौतम र केन्द्रका सल्लाकार सुमन गौतमको विशिष्टता वितरण गरिएको हो । केन्द्रकी सहसचिब बसन्ती वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका सचिब टिकाराम वलीले गरेका थिए ।