चराउन ल्याएका भेडाहरु मर्न थालेपछि किसानहरु चिन्तित

Author Logo..
२०७६ माघ १७ गते शुक्रवार

घोराही,   दाङमा   चराउन ल्याएका भेडाहरु मर्न थालेपछि किसानहरु चिन्तिन भएका छन् । पूर्वी रुकुमका उत्तरी भेगमा प्राय हिउँ पर्ने हुँदा त्यहाँ पशुपालक किसानहरु चिसो छल्नको लागी दाङको घोराहीमा गत पुसको अन्तीममा भेडा बाख्रा लिएर पूर्वी रुकुमको भुमे गाउँपालिका १ लुकुमका ४ जना भेडा पालक किसानहरु आएका थिए । चरन राम्रो हुने, चिसो धेरै नहुने भन्दै गत पुस २९ गते मात्रै दाङको घोराही उपमहानगरपालिका १९ को पाँच पोखरीमा आईपुगेको भेडा पालक किसान प्रेमबहादुर पुनले बताए ।

करिब २ महिना अघि प्रेमबहादुर सहित भेडाको बथान लिएर हिडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हँुदै घोराही उपमहानगरपालिका १९ को पाँच पोखरीमा आई पुगेका थिए। घरबाट आउँदा ४ सय बढी भेडा, बाख्रा साथमा लिएर आएको प्रेमबहादुर पुनले बताए । पुनका १ सय २०, धर्म बुढाका १ सय २० वटा, धर्मकुमारी पुनका १ सय १५ र रामकृष्ण पुनले १ सय १५ वटा भेडा थिए ।

तर केही दिनयता अचाकन भेडाहरु मर्न थाले पछी उनीहरु चिन्तित भएका छन । बितेको २ हप्तामा ४ सय भन्दा बढि भेडामध्ये करिब २ सय बढी मरेको उनीहरुको भनाई छ । दैनिक जसो १०÷१२ वटा सम्म भेडा मर्ने गरेको धर्मकुमारीले बताईन् । शुरुमा चिसोका कारण भेडा मरेको होला भनेर सामान्य रुपमा लिएको भन्दै उनले अहिले दिनमा १०÷१२ वटासम्म मर्न थालेपछि उनले बताईन् ।

उनीहरुले हाल भेडा चराउन राखेको स्थान पाँच पोखरी बस्ती भन्दा करीव ५ सय मिटर टाढा जंगल क्षेत्र हो । अहिले सम्म यति धेरै भेडाहरु मरेको भएता पनि उपचारको लागी केहि नगरेको उनीहरुको भनाई छ । त्यसैगरी भेडामा मुख पाक्ने, छेर्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको मर्ने गरेको अर्का किसान प्रेम बुढाले बताए । । तर, साथमा रहेका केही बाख्रामा भने यो समस्या नदेखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार