दाङ, दाङमा तोकिएको भन्दा बढि मूल्यमा पेट्रोल बेच्नेलाई पम्प संचालकलाई प्रहरीले पक्राउ गरिएको छ । दाङको बबई गाउँपालिका ५ हापुरे स्थित राम सप्लायर्स पेट्रोल पम्पका संचालक रामबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार दिउसो २ बजेतिर उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
वलीले प्रतिलिटर १ सय १५ रुपैँयाका दरले बिक्री गरेको पाईएपछि पक्राउ गरिएको हो । उनले बिल नम्बर १३३२ मा प्रति लिटर एकसय १५ रुपैँयाका दरले पेट्रोल बिक्री वितरण गरिरहेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । तोकिएको भन्दा बढि मूल्यमा डिजेल तथा पेट्रोल बिक्रि बितरण गरेको गुनासोका आधारमा खटिएको प्रहरी टोलीले यस्तो भेटिएको हो । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।