घोराही, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अण्डकोष बिग्रिएर कालो भएको अन्तिम अबस्थामा प्रतिष्ठानका सर्जन डा. इश्वरि भुसाल, एमजिडिपि डा. अमित लाम्गाडे, एनेस्थेसिया डा. राजन शाक्यको नेतृत्वको चिकित्सकको टोलिले सफल शल्यकृया गरेको छ । अण्डकोष वटारियर रक्त सन्चार रोकिएपछि अण्डकोष कालो भइ बिग्रिएको अबस्थामा प्रतिष्ठानको चिकित्सकको टोलिले तुलसीपुरका २८ बर्षिय एक युबकको सफल अप्रेसन गरेको हो ।
प्रतिष्ठानले राप्तीमै पहिलो यस्तो खालको बिरामीको सफल अप्रेसन गर्न सफल भएको जनाएको छ । समयमै बिरामी अस्पताल आइ उपचार नगरेको भए ज्यानै जोखिममा पर्न सक्ने अबस्था भएपनि सफल अप्रेसनले बिरामीलाई बचाउन पाउदा खुसि भएको चिकित्सकहरुले बताएका छन । प्रतिष्ठानका चिकित्सकका अनुसार पछिल्लो पटक प्रतिष्ठानमा थुप्रै जटिल प्रकृतिका अप्रेसन सफल भइसकेको र अस्पतालमा आइसियुको प्रबन्ध र थप जनशक्ति ब्यबस्थापन प्रतिष्ठानमा हुन सकेमा यस्ता अप्रेसन अझै दाङमै गर्न सकिने बताएका छन ।
अप्रेसन भएका बिरामीको अबस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुभबि चिकित्सकको टोलिले सर्जरि, हाडजोर्नि, मानसिक बिशेषज्ञ, बालरोगको लगाएतका थुप्रै सेवा दिएका छन । प्याथोलोजि सेवा पनि अहिले सुरु भइसकेको छ ।