शरद रेग्मी, तुलसीपुर, १४ माघ । दाङको तुलसीपुरमा जारि महोत्सवको पाचौ दिन मंगलवार पनी उस्तै भिडभाड रहेको छ । दैनिक उत्साहजनक उपस्थीति रहेको महोत्सवमा आज पनी अघिल्ला दिन जस्तै भिडभाड रहेको हो । दैनिक जसो दर्शकहरुको उपस्थीतिले आयोजकलाई भने हौसाएको छ । निमार्णाधिन सभाहलको निमार्ण कार्य पुरा गर्ने अठोट लिएर शुरु गरिएको महोत्सवमा दर्शकहरुको जैनिकजसो उल्लेख्य उपस्थीतिले सभाहल निमार्ण हुनेमा आयोजक ढुक्क भएको छ ।
दैनिकजसो हुने दर्शकहरुको भिडभाडले आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारि एवम सदस्यहरुलाई भने जिम्मेवारि थप गरिदिएको छ । संघका पदाधिकारि एवम सदस्यहरु , सुरक्षाकर्मि , स्वयम सेवकहरु सवै भिडभाडलाई व्यवस्थापन गर्न मै व्यस्त रहेका छन ।
आज महोत्सवमा हेमन्त शर्माले दर्शकहरुलाई झुमाएका थिए । उनले गाएका मुल हौ भने रसाईदेउ , थाप न थाप मा हातैमा लगाएतका गितले महोत्सवमा आएका दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । त्यस्तै गरि मंगलवार कमल गाउँले , प्रेम बिवस घर्ति , पुजा पुरी , सरु वोहरा , गोपाल नेपाल जिएम लगाएतकाले आफनो प्रस्तुती राखेका थिए ।
महोत्सवमा भोलि वुधबार रमेश राज भट्टराई , टिका पुन , सन्दीप न्यौपाने , सन्जीता पाण्डे ,लगाएतका कलाकारहरुको प्रस्तुति रहने संघका प्रेस सल्लाहकार शरद रेग्मीले बताए । महोत्सवमा दैनिक योग व्यायाम समेत हुने गरेको छ । पतञ्जलि योग समिति तुलसीपुरको आयोजनमा दैनिक योग शिविर भै रहेको छ । योग गर्न ईच्छुक व्यक्तिहरुलाई विहान हुने योग शिविरमा सहभागि हुन आयोजक तुलसीपुर उद्योग बाणिज्य संघले सवैलाई आग्रह गरेको छ ।
तुलसीपुर महोत्सवमा हेलिकप्टर यात्रा शुरु
तुलसीपुर महोत्सवमा आज देखि हेलिकप्टर यात्रा शुरु भएको छ । नेपाल भ्रमण वर्ष मनाईरहदा आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उदेश्यले हेलिकप्टरको यात्रा शुरु गरिएको आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावत विरुले बताए । हेलिकप्टर यात्राको उदघाटन दाङका प्रमुख जिल्ला अधिकारि गोविन्द प्रुसाद रिजालले गरे । हेलिकप्टर यात्राको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारि रिजालले हेलिकप्टर यात्राले आन्तरिक पर्यटनलाई सहयोग पुग्ने दाबी गरे । हेलिकप्टर मार्फत दाङ सहित छिमेकि जिल्लाहरुको पर्यटकिय स्थलहरुको अवलोकन हुने भन्दै त्यसले भ्रमणवर्षलाई सहयोग पुग्ने बताए ।
दौड प्रतियोगितामा नाम दर्ता शुरु
महोत्सवमा आयोजना गरिएको दौड प्रतियोगिताको नाम दर्ता शुरु भएको छ । १६ गते बिहान हुने ७ किलोमिटर खुल्ला दौड प्रतियोगिताको लागि नाम दर्ता शुरु भएको महोत्सव खेलकुद व्यवस्थापन समितिका संयोजक हेमेन्द्र खडकाले बताए । पर्यटन वर्षलाई सहयोग पु¥याउने उदेश्यले आयोजना गरिएको दौड प्रतियोगिता १६ गते बिहान ८ बजे तुलसीपुरको बिरेन्द्र चौक बाट प्रतियोगिता शुरु हुने खडकाले बताए । प्रतियोगितामा प्रथम , दितिय , तृतिय र सान्त्वना हुने प्रतियोगिलाई क्रमस १० हजार , ७ हजार , ५ हजार र २५ सय रुपैया पुरस्कार समेत रहेको संयोजक खडकाले बताए ।