रुपन्देही, १४ माघ । भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ,भने अन्य ९ जना घाइते भएका छन् । मंगलबार बिहान भूमहिदेखि भैरहवातर्फ जादैं गरेको ना २ ख८४८१ नम्बरको ट्रक र वेलहीयादेखि भूमहीतर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मृत्यु हुनेहरुमा नवलपरासी पादिनन्दा गाउँपालिका ४ का ३० वर्षीय लालु कुर्मी, सोहि ठाउँका ३१ वर्षीय मविकन कुर्मी र सुनसरीको चतराका ३६ वर्षीय पूर्ण बहादुर भुजेल रहेका छन् । घाइते ९ जनामध्ये ४ जनाको अवस्था गम्भिर छ भने अन्य ५ जना सामान्य रहेको बताइएको छ ।
घाइतेलाई भैरहवास्थित भीम अस्पताल र भैरहवा मेडिकल कलेज रानीगाउँ पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी निरिक्षक केशव ज्ञवालीले बताए ।