तुलसीपुर, दाङमा प्रहरीले साढे २ किलो चरेस सहित ३ जनालाई पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका १२ सितलपुरवाट २ किलो ५ सय ग्राम लागुऔषध चरेशसहित ३ जनालाई जिल्ला प्रहरी कार्यलय दाङले प्रकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङको विशेष प्रहरी टोलीले गोप्य सुचनाको आधरमा रुकुम जिल्लाको मुसिकोट नगरपालिका २ रातामाटा निबासी २१ वर्षका अनिल पुनमगर, त्यसैगरी रुकुम मुसिकोट नगरपालिका ६ का ४० वर्षिय बाहादुर बोहोरा र रुकुम आठबिस्कोट नगरपालिका ९ का २८ वर्षिय भिमवहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय दाङको विशेष प्रहरी टोलीले गोप्य सुचनाको आधरमा सोमवार बेलुका ५ बजेतिर पक्राउ गरेको दाङ जिल्लाका प्रहरी प्रबक्ता, प्रहरी नायब उपरीषक सुमित खड्काले बताए ।
प्रकाउ परेका व्यक्तिहरुको थप आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।