चितुवाको छालासहित घोराहीबाट २ जना पक्राउ

Author Logo..
२०७६ माघ १३ गते सोमवार

घोराही, दाङमा चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । दाङको घोराहीबाट दंगीशरण गाउँपालिका १ बस्ने २४ का चेतबहादुर पुन र सोही ठाउँकै सौगात घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटि गएको प्रहरी टोलीले पुन र घर्तीलाई घोराही उपमहानगरपालिका १४ बसर्पाकबाट चितुवाको छालासहित पक्राउ गरेको हो ।
प्रहरीले टाउको, बंगराको भागदेखि पुच्छरसम्मको पुरै भाग भएको चितुवाको छाला बरामद गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार