दाङमा साईक्लिङको मोह बढ्दै

Author Logo..
२०७६ माघ १३ गते सोमवार


विकास डाँगी, तुलसीपुर  । पछिल्लो समय दाङ लगाएत अन्य ठाउँहरुमा पनि साईक्लिङको महत्तो बढ्दै गएको पाईन्छ । अहिले दाङमा ३० हजार देखी साढे २ लाख सम्म ब्यक्तिहरुले साईकल चढ्न थालेका छन् । शरिरलाई फाईदा र बाताबरणमा पनि राम्रो हुने भएकाले यहाँका केहि ब्यक्तिहरु दैनिक २०÷२५ कि.मी साईकल चलाएर मनिङवाक गर्न थालेका छन् ।

तर उनीहरुले भने साईकल चलाउनको लागी प्राप्त मात्रामा बाटो नहुदाँ आफुहरुलाई ठुला गाडिहरुले हेप्ने गरेको गुनासो गर्ने गर्दछन् । शनिवार दाङकोे तुलसीपुरमा तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले प्रर्यटन प्रबद्धन गर्नको लागी तुलसीपुरदेखि पुरन्धारा झरना ६७ मि.मीे साईकल टुरको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बांकेको नेपालगंज, दाङको घोराही, तुलसीपुरका २०/२५ जना साईक्लिष्टहरु सहभागी भएका थिए ।


साईकिलले मानविय स्वास्थ्यमा लाभ पुग्नुका साथै वातावरणको प्रदुशन समेत रोक्ने भएकाले यसको दिन प्रतिदिन मोह बढ्दै गएको नेपालगंज साईकिल क्लबका सचिब सुरेन्द्रदिप कार्की बताए । कार्की सहित ४ जना साईकिल ¥यालीका लागि दाङ आएका थिए । नेपालगंज क्लबका अहिले ७२ जना आवद्ध रहेको सचिव कार्कीले बताए । त्यसैगरी उनले आफुहरु दैनिक रुपमा ३५ कि.मी सम्म साईकिलमा यात्र गर्ने गरेको समेत बताए ।

त्यसैगरी उनले साईकिलको लेन नहुदाँ आफुहरु मारमा परेको बताए । उनले भने ,‘हामी दैनिक ३५ कि.मीसम्म यात्रा गर्दछौँ,तर साईकिल लेन छैन ।’ साईकिल लेन नहुदाँ ठुला गाडिहरुले हेप्ने गरेका छन् । यसतर्फ राज्यले ध्यान दिन पर्छ । हामी र ठुला गाडिहरु हिड्ने बाटा एउटै हुदाँ समस्या भएको उनले गुनासो गरे । यो अवस्था देशैभर भएकाले त्यसको लागी राज्यसंग ब्यवस्था गरिदिन देशभरका साईक्लिङहरुले आवाज उठाएको उनले बताए ।

साईक्लिङको मोह पुरुषहरुलाई मात्र नभई महिलाहरुको समेत यसप्रति मोह बढ्दै गएको छ । दाङ घोराही निवासी रोशनी थापा र कृजना पुनले साईक्लिङ गर्न लागेको १ बर्ष भयो । स्वास्थ्यको लागी फाईदा हुने भएकाले विगत १ बर्षदेखी साईक्लिङ गर्दै आएको रोशनीले बताईन् । अन्य समयमा जब गर्नुपर्छ विदाको बेला र बिहानको समय साईक्लिङ गर्दै आएको उनले बताईन् ।

साईकिल चलाउनको लागी के महिला के पुरुष स्वास्थ्यका लागी बसैले चलाउन सक्किन्छ, उनले भनिन् ,‘ साईकिल चलाउँने मेरो ईच्छा थियो, त्यसमा पनि स्वास्थ्यमा फाईदा हुने भएकाले चलाउन लागेको हो । अहिले सम्म ३० देखी १ सय कि.मी सम्म साईकलमा यात्रा गरेको उनले बताईन् । दाङ ४० जति अहिले साईक्लिष्टहरु छन् । ति मध्येमा ५/७ जना महिलाहरु भएता पनि अरु पुरुषहरु रहेका छन् । दाङ जिल्ला साईक्लिङ संघका अध्यक्ष रेशम केसीले तुलसीपुर उद्योग वाणिज्य संघले पर्यटन प्रबद्धनको लागी आयोजना गरेको साईलिक ¥यालीले आफुहरु एकदमै खुशी भएको बताए ।

तुलसीपुरमा जारी महोत्सवमा पर्यटन प्रबद्र्धन गर्नको लागी तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर देखी बबई गाउँपालिकाको पुरन्धारा झरणा सम्म साईकिल ¥यालीको आयोजना गरेको थियो । यस्ता कार्यक्रमहरुले आफुहरुलाई उत्साहित बनाएको अध्यक्ष केसीले बताए ।

त्यसैगरी यसको प्रबद्र्धन गर्नको लागी आगामी दिनहरुमा यस्ता कार्यक्रमहरु हुनु पर्ने समेत उनले बताए । साईकिल स्वास्थ्यको लागी मात्र नभई बाताबरण र पर्यटनलाई समेत फाईदा पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार