तिर्थराज ज्ञवाली, देउखुरी दाङ, राप्ती गाउँपालिका स्वास्थ्य शाखाले हात्तिपाईले रोग बिरुद्ध आम नागरिकलाई सहज र सरल तवरले औषधि सेवन गराउका लागि सरोकारवालाहरु संग छलफल गरेको छ । हात्तिपाईले रोग बिरुद्ध औषधि खुवाउने दिन नजिकीदै गर्दा योजना निर्माण तथा गत बर्षको उपलब्धी बारे समिक्षाको लागि सरोकारवालाहरुसंग छलफल गरेको छ गरिएको हो ।
शुक्रबार राप्ती गाउँपालिकामा भएको कार्यक्रममा हात्तिपाईले रोगका वारेमा जानकारी दिईनुका साथै हाल यसको विश्वब्यापी तथा नेपालमा रहेको भयावह अवस्थाका बारेमा जानकारी गरिएको छ । हात्तिपाईले रोगको कारण, देखीने लक्षण, रोकथामका उपाय तथा औषधी सेबनको प्रक्रियाका वारेमा सरोकारवालाहरु संग छलफल समेत गरिएको छ ।
राप्ती गाउँपालिकामा बिगतका बर्षहरुमा हात्तिपाईले रोगको अवस्था र निदानका लागि गरिएको प्रयासका बारेमा जानकारी दिदै राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले आगामी माघ २५ गतेदेखी सुरु हुने हात्तिपाईले रोग बिरुद्धको औषधी खाने खुवाउने अभियान सफल पार्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गरे ।
राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्यका हात्तिपाईले रोग विरुद्धका फोकल पर्सन कमल चन्दले समग्र रोगको बारेमा जानकारी गराएका थिए ।
क्लुलेक्स जातको संङक्रमीत लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाईले रोगका कारण हात खुट्टा सुन्निने, स्तन अण्डकोष सुनेने र रोग लागेपछि निको नहुने र नियमीत आवस्यकता अनुसार औषधी सेबन गर्नाले र लामखुट्टे बाट बच्न सकियो भने हात्तिपाईले रोगबाट बच्च सकिने कार्यक्रममा बताईको छ ।