तुलसीपुर, प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि विहिवार घोराहीमा भएको मतदानको गणना सम्पन्न भएको छ । ३ जना राष्ट्रिय सभासदस्यका उम्मेदवार (नेकपा)बाट अन्यतर्फ रुपन्देहीका गोपाल भट्टराई, अपांगता तथा अल्पसंख्यक तर्फ बाट दाङका जगप्रसाद शर्मा, महिला तर्फ कपिलबस्तुकी बिमला घिमिरे निर्वा्चित भएका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । महिलातर्फ घिमिरेले १ सय ४५ मत र नेपाली काग्रेस ६६ले मत प्राप्त गरेका थिए । त्यस्तै,खाली ५ र बदर एक गरी २१७ मतदान भएको थियो ।
प्रदेश तर्पm (नेकपा)ले ६६ मत,काग्रेसले १९ मत प्राप्त गरेको छ,भने मत पत्र खाली १ गरी जम्मा ८६ मतदान भएको थियो । ३ जना राष्ट्रिय सभासदस्य निवाचित हुने प्रदेश ५ बाट ९ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्य तर्फ ४ जना बिच भएको प्रतिस्पर्धाबाट भट्टराई राष्ट्रिय सभासदस्यमा बिजयी भए । उनीसंग नेपाली कांग्रेसका बालकृष्ण पाण्डे, राष्ट्रिय जनमोर्चाबाट शिवप्रसाद पौडेल र समाजवादी पार्टीबाट कृष्णप्रसाद अहिरले प्रतिस्पर्धा गरेका थिए ।
अपांगता तथा अल्पसंख्यक तर्फमा ३ जना बिच भएको प्रतिस्पर्धामा (नेकपा)बाट जगप्रसाद शर्मा बिजयी भए । उनीसंग कांग्रेसबाट मेराज अहमद हलवाई र समाजवादीबाट सुनिलकुमार सिंगल चुनावी प्रतिष्पर्धा गरेका थिए । महिला तर्फ २ जना बिच भएको प्रतिस्पर्धामा (नेकपा)बाट बिमला घिमिरे बिजयी भईन् । घिमिरेसँग कांग्रेसबाट गिरिजादेवी न्यौपानेले प्रतिस्पर्धा गरेकि थिईन् । कुल ३ सय ५ जना मध्ये ३ सय ३ जनाले मतदान गरेका थिए ।