घोराही, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ५ मा भएको मतदानमा ३०३ मत खसेको छ । कुल ३ सय ५ जना मतदाता मध्ये ३ सय ३ मतदाताले मतदान गरेका छन् । प्रदेश ५ का ८७ प्रदेशसभा सदस्य मध्ये ८६ जनाले मतदान गरेका छन् । जसमा महिला ३३ र पुरुष ५३ जनाले मतदान गरेका छन ।
प्रदेश ५ का नेपाली कांग्रेस संसदिय नेता बलदेव शर्मा पोखरेलको निधन भएको थियो । उनी बाहेक सबै प्रदेश सांसदको मत खसेको छ । त्यस्तै प्रदेश ५ भित्रका १२ जिल्लाका १ सय ९ स्थानीय तह प्रमुख र उपप्रमुख गरि २ सय १८ मध्ये २ सय १७ मत खसेको छ । जसमा महिला १ सय र पुरुष १ सय १७ जनाले मतदान गरेका छन । बाँकेको नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती श्रीवास्तवले मतदान नगरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।
बिहान १० बजेदेखि शुरु भएको मतदान बेलुका ४ बजे सकिएको थियो । प्रदेश ५ बाट राष्ट्रियसभा सदस्यका लागि ३ जना सदस्यका लागि दाङको घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियोे । प्रदेश ५ मा ३ सदस्यका लागि ४ राजनीतिक दलका ९ जना प्रतिस्पर्धामा रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३, नेपाली काँग्रेसका ३, संघीय समाजबादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका तर्फबाट १ जना राष्ट्रियसभा सदस्य पदका लागि प्रतिस्र्धामा रहेका छन् । महिला, अल्पसंख्यक अपांग र अन्य क्षेत्रबाट गरी प्रदेश ५ बाट ३ जना सदस्य निर्बा्चित हुने भएका छन् ।