तुलसीपुर उपहानगरपालिका भित्र करिब ३५ हजार घरधुरी र डेढ लाख जनसंख्या

Author Logo..
२०७६ माघ ९ गते बिहिवार

तुलसीपुर,  तुलसीपुर उपहानगरपालिका भित्र करिब ३५ हजार घरधुरी र डेढ लाख जनसंख्या रहेको तथ्यांक सार्वजनिक  गरिएको छ । बुधवार  तुलसीपुर उपमहानगरपालिकाको बुधवार नगर प्रोफाईल सार्वजनिक गरिएको हो ।  केहि महिना अघि तयार गरिएको तथ्याङक अनुसार तुलसीपुरमा ३४ हजार ९ सय ७८ घरधुरी र  १ लाख ४९ हजार ६ सय ४७ जनसंख्या रहेको छ । जसमा महिला ७६ हजार ५ सय ४ र पुरुष ७३ हजार १ सय ४३ रहेको तथ्याङक अधिकृत  बाबुराम न्यौपानेले बताए ।

३ सय ८४.८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उपमहानगरको खेतीयोग्य जमिन १ सय ७२. १२ बर्ग किलोमिटर, बनजंगल १ सय ४५ .८० बर्ग किलोमिटर, खोला बगर ४.८७ बर्ग किलोमिटर क्षेत्रफल ओगटेको जनाईएको छ । यस्तै उपमहानगर भित्र तालतलैया, खोलानाला, डाँडाँ काँडा रहेको छ । त्यस्तैगरी तुलसीपुर उपमहानगरका १९ वटै वडा मध्ये सवैभन्दा बढि जनसंख्या रहेको वडा नम्वर ६ मा १४ हजार ५ सय ९१ र सवैभन्दा कम जनसंख्या भएको वडा नम्वर २ मा ५ हजार १५ रहेका छन् ।यस्तैगरी तुलसीपुरमा ९४ प्रतिशत हिन्दु धर्म मान्ने मानिसको बसोबास रहेको तथ्याङकले देखाएको छ ।
यस्तै ३६२ घरधुरीमा अझै चर्पि प्रयोग नभएको, द्धन्द्धका कारण बसाई सरी आएको, १६ देखी १९ वर्ष उमेर समुहले विवाह गरेको, समान रुपले विकासका पुर्वाधार नभएको लगाएतका विषयहरु समेटिएको प्रोफाईल प्रस्तुत गरिएको थियो । प्रोफाईलेको  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले  र्सार्बजनिक गरेको हुन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार