तुलसीपुर, ८ माघ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले सडक प्रयोग गर्ने सबै नागरिक सचेत भएमा सडक दुर्घटना न्युनीकरण गर्न सकिने बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिले बुधवार तुलसीपुरमा आयोजना गरेको दुर्घटना न्युनीकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रमलाई सम्वोधन गदै अध्यक्ष राईले सडक प्रयोग गर्ने,पैदल हिड्ने, सम्पुर्ण चालक यातायात मजदुर,आम नागरिकहरु सजग र सचेत भएर अभियान चलाउन सकेमा सवारी दुर्घटना न्युनीकरण गर्न सकिने उनले बताए ।
कुनै एक पक्षले चाहेर मात्रै दुर्घटना न्युनीकरण हुन नसक्ने भन्दै उनले सवै नागरिक सचेत भई जिम्मेवार हुन सकेमा दुर्घटनामा कमी आउने बताए । त्यसैगरी उनले सडकले धान्न नसक्ने गरी सवारी साधनको आयात भएकाले यसलाई राज्यले नियमन गर्नुपर्ने बताए ।
नेपालमा २०७५ साल बैशाख सम्म ३२ लाख २१ हजार ४२ सवारी संख्या रहेकोमा त्यो बृद्धि भई २०७६ बैशाख सम्म ३५ लाख ३९ हजार ५ सय १९ सवारी संख्या पुगेको उनले बताए ।
जसमा १ वर्षको तुलना गर्दा वितेको १ वर्षमा ३ लाख बढि सवारी संख्या थपिएको हुदा तिव्र रुपमा सवारी आयात भईरहेको उनले बताए । तुलसीपुर नगर कमिटिका अध्यक्ष केशव बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भएको थियो । सो अवसरमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नन्द कुमार पोख्रेलले ट्राफिक नियम बारेमा प्रशिक्षण दिएका थिए ।
उनले कुनै पनि चालकले सवारी साधन चलाउदा मादक पदार्थ सेवन नगर्ने,तिव्र गतिमा सवारी नचलाउने, ओभरलोड नराख्ने,मेसनरी सामग्री विग्रिएका पुराना साधन प्रयोग नगर्ने र पुर्ण रुपमा ट्राफिक संकेतको प्रयोगमा ध्यान दिन सकेमा दुर्घटना न्युनीकरणमा धेरै कमी आउने बताए ।