रिहा भएलगत्तै फेरी ३ जना विप्लवका कार्यकर्ता पक्राउ

Author Logo..
२०७६ माघ ८ गते बुधवार

घोराही , दाङमा प्रहरीले रिहा भएलगतै विप्लव समुहका कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएको छ । देउखुरी जिल्ला अदालत, घोराहीबाट धरौटीमा रिहा भए लगत्तै विप्लव समुहका नेपाल कम्यूनिष्ट पार्टी नेकपाका ३ जना नेता कार्यकर्ता बुधबार पुनः पक्राउ परेका छन् ।
संगठित रुपमा राज्य विरुद्धको अपराध गरेको अभियोगमा थुनामा रहेका उनीहरुलाई जिल्ला अदालतबाट पुस ७ गते धरौटीमा रिहा गर्न आदेश भएकोमा आज बुधबार अदालतमा धरौटी बुझाएर रिहा भए लगत्तै उनीहरु पुनः पक्राउ परेका हुन् ।

बुधबार पुनः पक्राउ पर्नेमा पार्टीका राप्ती व्यूरो कार्यालय सचिव सविन पोख्रेल, राप्ती व्यूरो सदस्य तथा युवा संगठनका केन्द्रिय अध्यक्ष बविन केसी र राप्ती व्यूरो सदस्य प्रदीप वली रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले अदालतको गेटबाटै बेलुकी ५ पुनः पक्राउ गरेको हो । गत असोज ३० गते राजपुर गाउँपालिका ४ मुंग्रेठाबाट एकै पटक २१ जना पक्राउ परेका उनीहरुलाई पुसको ७ गते जिल्ला अदालतले १५÷ १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । यस अघि पनि सोही अभियोगमा पक्राउ परेकाहरु धरौटी छुटे पनि अदालत परिसरबाट पक्राउ परेका छन् । गएको असोजको ३० गते नेत्रविक्रम चन्द्र ‘विप्लव’का मध्यकमाड इन्चार्ज चन्द्रबहादुर चन्द्र ‘वीरजंग’ सहित २१ जना एकै पटक पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार