तुलसीपुर,८ माघ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दक्ष जनशक्तिको बिना विकासले गतिलिन नसक्ने बताए । तुलसीपुर बहुप्राबिधिक शिक्षालय (मेट्रो कलेज)को बुधबार तुलसीपुर १२ हरिपौरा दाङमा उद्घाटन गर्नुहुदै मुख्यमन्त्री पोख्रेलले मुुलुकमा जनशक्ति प्रशस्त भएपनि दक्ष जनशक्तिको अभाव भई रहेको बताए । रेल सञ्चालनको तयारी सरकारले गरी रहेको छ तर चलाउन सक्ने क्षमता भएका नागरीकको अभाबका कारण बिदेशी नागरिकलाई ल्याउनु पर्ने अबस्था सृजना हुने बताए ।
शिक्षित नागरिकको कमी भने मुलुकमा नभएको बताएका मुख्यमन्त्री पोख्रेलले आधुनिक प्रबिधिलाई चलाउन सक्ने क्षमता भएका दक्ष नागरिकको उत्पादन गर्न तर्फ बिशेष ध्यान दिनुपर्छ । उनले भने , शिक्षाले नागरिकलाई सचेत बनाउँछ तर जीवन उपयोगी शिक्षा भए देश र आर्थिक सम्बृद्धिमा समेत टेवा पुग्ने छ । प्रदेश ५ सरकारले यस मेट्रो कलेजका लागि १० करोड बिनियोजन गरेको समेत उनले बताए ।
कलेजले ४० जना विद्यार्थी अध्यापन गराउने गरी अनुमति प्रदान गरेको हो ।
कलेजले गत असोज पहिलो साताबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया अगाडि बढाएको थियो । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कलेजमा यो वर्ष वन विज्ञानको ३ वर्षे कार्यक्रम सञ्चालन गरीएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।
कलेजमा चालु शैक्षिक सत्रमा २५ जनाले अध्ययन गरीरहेका छन् । तुलसीपुर नगरवासीलाई ५० प्रतिशत शैक्षिक शुल्कमा छुट दिएको छ ।
कलेजले पशुपति मावि हरीपौरीका विद्यार्थी, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र सहिद परिवार,द्वन्द्व पिडित, मुक्त कमैया र विभिन्न आन्दोलनका घाइते परिवारका विद्यार्थीलाई पनि छुट दिएको छ । कार्यक्रमको सञ्चालन नगर प्रक्ता एवं वडा नम्वर १२ का अध्यक्ष सुर्यबहादुर डाँगी (श्याम)ले गरेका थिए । । आजै मुख्यमन्त्री पोख्रेलले तुलसीपुर उपमहानगरपालिकाले नगर प्रोफाईल सार्वजनिक गरेका थिए ।
उपमहानगरपालिकाले विभिन्न विषयसँग सम्वन्धित ताजा तथ्यांक उपलब्ध गराउनका लागि तयार पारेको प्रोफाईलको मुख्यमन्त्री पोख्रेलले सार्वजनिक गरेका थिए ।