स्माट सिटीको स्माट सडक हुदाँ नागरिकलाई सास्ती, स्थानिय निकाय मौन

Author Logo..
२०७६ माघ ८ गते बुधवार

प्रकाश के.सी, तुलसीपुर, तुलसीपुरको म्ुख्य सडक छियाँ छियाँ परेका छन् । तुलसीपुर –अमिलीया सडक खण्ड अन्र्तगत तुलसीपुरको विपी चोक देखी करिब एक किलोमिटर सडकमा खाल्टै खाल्टले गर्दा सडक जस्तो पनि देखिएको छैन् । जसका कारण सवारी चलाउनलाई समस्या हुनुको साथै पैदल यात्रुलाई समेत समस्या भएको छ । पुरै सडकमा खाल्टै खाल्टा छन्, गाडी चलाउन समस्या हुने गरेको तुलसीपुरका अम्मरराज लामिछानेले बताए । तुलसीपुरको मुटु मानिने विरेन्द्र चोक देखी गुम्राह चोक सम्म सडकको यस्तो अबस्था हुदाँ सम्बन्धीत निकाय मौन बस्नु लज्जास्पद भएको उनले बताए ।

यो सडक बेला बेलामा यस्तै हुन्छ, तर यसलाई टाला हाल्ने र बजेट सक्न काम हुदै आएको भन्दै उनले यसको मर्मतको लागी दिर्घकाली सोच्नु पर्ने उनले बताए । झन पानी परेको बेला खाल्टामा पानी जम्ने हुनाले दुर्घटनाको जोखिम बढेको उनले बताए । त्यसैगरी सडकको अवस्था राम्रो नहुदाँ पैदल यात्रुहरुले समेत सास्ती भोग्नु परेको छ । सडकमा पानी परेको बेला खाल्टामा पानी हुन्छ, पदैल यात्रुहरु हिड्नको लागी फुटफाटको बाटो नहुदाँ गाडीहरुले त्यहि पानी उट्टिट्याउने गरेको तुलसीपुर १७ का भरत चौधरीले बताए ।

त्यसमा पनि पार्किङ पैदल यात्रु र बिच सडकमा खाल्डा खुल्डीका कारण दुर्घटना जोखीम बढेको उनले बताए । त्यसैगरी तुलसीपुरमा अटोरिक्सा चलाउँदै आएका लिल प्रसाद शर्माले बजारको मुख्य सडकको अवस्था यस्तो हुनु नै सम्बन्धित निकायले चासो नदिदाँ भएको उनले बताए । सडकमा पुरै खाल्टै खाल्टा छन्, यसमा सवारी चलाउँदा सवारीलाई जोगाउन नै समस्या हुन्छ, उनले भने । त्यसमा पनि पैदल यात्रुहरु पनि यहि सडकबाट हिड्दाँ दुर्घटना हुन सक्ने उनले बताए । उक्त सडकमा अहिले १० मिटर पनि गतिलो सडक देख्न सकिन्न । खाल्टै खाल्टाको सडकको मर्मत सडक विभागकै जिम्माको हो, तुलसीपुर उपमहानगरपालिकाको दायित्व भित्र त्यो पर्दैन ।

यो सडक मुल सडक भएको भन्दै यसको मर्मत सम्भार गर्ने अधिकार भित्र तुलसीपुर उपमहानगरपालि नपर्ने उपमहानगरले बताएको छ । स्थानीय सरकारको अधिकारमा नपर्ने तथा यो सडक राजमार्ग अन्र्तगत पर्ने भएका कारण समस्या भएको तुलसीपुर उपमहानगरपालिका प्रबक्ता सुर्य बहादुर डाँगी (श्याम)ले बताए । यो सडक डिभीजन कार्यालयले गर्ने काम हो, उपमहानगरको दायित्व भित्र नपर्ने तर नागरिकहरुले स्थानिय सरकारलाई प्रश्न गर्ने गरेको उनले बताए । यसका लागी उपमहानगरले सम्बन्ति निकायहरुमा पहल गरी तत्काल सडक मर्मत गर्न आग्रह गर्ने उनले बताए ।

त्यसैगरी घोराहीको तुलसीपुर चोकमा पनि सडकको अवस्था उस्तै छ । सडक निर्माण हुन लागेको लामो समय वितिसक्दा पनि अझै निर्माण पूर्णरुपले नहुदाँ सडकमा खाल्टा खुल्टी मात्र छन् । जसले गर्दा सवारी चलाउन समस्या भएको छ ।
त्यसैविच सडक डिभिजन कार्यालयले भने सडक मर्मतका लागि टेण्डर भएको भन्दै केहि दिनमै सडक मर्मत सुरु हुने बताएको छ । अमिलिया – तुलसीपुर सडक खण्डको सल्यानको सिमाना सम्म सडक मर्मतका लागि टेण्डर भएको भन्दै अवको माघको अन्तीम सातामा बाट काम हुने बताएको छ । सब–इन्जिनियर नारायाण दाहालका अनुसार ३ वटा कम्पनिहरुलाई कामको जिम्मा दिएको र अब केहि दिनमै काम सुरु हुने । उनले बताए ।

सडक मर्मत सम्भारका लागि टेण्डर समेत भएको छ, मौसमको कारण काम सुरु हुन सकेको छैन, उनले बताए मौसम सुधार संगै अब माघ भित्रमा काम सुरु हुने उनले बताए । त्यसैगरी उनले अमिलिया –सल्यान सडक खण्ड मर्मतका लागि टेण्डर भएको र अन्य स्थानमा भने नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार