एयरपोर्ट स्तरउन्नतिका लागि मन्त्रि भट्टराईको ध्याणाकर्षण गराईने
शरद रेग्मी, तुलसीपुर ७ माघ ।
तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको तुलसीपुर महोत्सव २०७६ आउन ३ दिन मात्र बाकि रहदा तयारी तिव्र पारिएको छ । महोत्सवको मञ्च निमार्ण , स्टल निमार्ण , स्वागतद्धार , प्रमाणपत्र छपाई ,टिकट छपाई लगाएतका कामहरु अन्तिम चरणमा पुगेका छन । महोत्सवलाई सभ्य एव भव्य रुपमा सम्पन्न गर्न गठित बिभिन्न उपसमितिहरु महोत्सवलाई सम्पन्न गर्नका लागी लागि परेका छन ।
जस अन्र्तगत मंगलवार महोत्सव मुल समितिले संघका पुर्व अध्यक्षहरु संग महोत्सवका बारेमा छलफल गरेको छ । छलफलका क्रममा पुर्व अध्यक्षहरुले सभाहलको निमार्ण कार्य सम्पन्न गर्नका लागी आयोजना गरिएको महोत्सवलाई सफल पार्न आ आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन । उनीहरुले महोत्सव तुलसीपुरको विकास र गरिमा संग जोडिएको भन्दै यसलाई सभ्य एवम भव्य वनाउनका लागी सवै लाग्न समेत सुझाव दिएका छन । पुर्व अध्यक्षहरु संगको छलफका क्रममा सभाहल निमार्ण संगै तुलसीपुर एअरपोर्टको स्तरोन्उतिका लागी समेत कुरा उठाउन सुझाव दिएका छन । महोत्सवको उदघाटनका लागी संस्कृति , पर्यटन तथा नागरिक उडयन मन्त्रि आउने भएकाले ज्ञापन पत्र सहित मन्त्रिको ध्यानकर्षण गराउन सुझाव दिएका छन ।
महोत्सव मुल समितिका संयोजक बिर बहादुर रावत विरुको अध्यक्षतामा भमएको छलफलमा संस्थापक अध्यक्ष डिल्ली बहादुर वस्नेत , चिरिञ्जीवी रिजाल , गणेशप्रेम श्रेष्ठ , उत्तम कुमार श्रेष्ठ , हेमन्त रिजाल , निर्वतमान अध्यक्ष विमल रिजाल, सल्लाहकार शुरेस हमाल , महासचिव रुप बहादुर खत्री लगाएतकाले एयरपोर्ट स्तरउन्तति र सभाहल निर्माणकार्र्य सम्पन्न गर्नका लागी महोत्सवको आयोजना गरिएको हुदा यसलाई सफल पार्नका लागी सम्पुर्ण दाङ वासीको सहयोगको अपेक्षा गरेका थिए । माघ १० गते देखि २० गते सम्म १० दिन महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने ,१५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैया बचत गर्ने लक्ष्य आयोजकले लिएको छ ।