तुलसीपुर, क्लीन तुलसीपुर, ग्रिन तुलसीपुर सरसफाई अभियान १७९ हप्तामा प्रबेश गरेको छ । मंगलवारको सरसफाई अभियानको नेपाल कपडा तथा सिलाई ब्यावसायी संघ तुलसीपुरले अगुवाई गरेको थियो । मंगलवार तुलसीपुरको हात्तिखौवा सम्म सरसफाई गरिएको हो । सरसफाई प्रति जिम्मेवारीब ोध गर्नका लागि संघको अगुवाईमा सरसफाई गरिएको अध्यक्ष पोषण रनपालले बताए । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर उपमहानगरपालीकाको आयोजनामा हरेक हप्ताको मंगलवार सरसफाई कार्यक्रम हुदै आएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस