बिद्यतु मिटर बितरण समयलाई प्रभाबकारी बनाउन नेबिसंघले आग्रह

Author Logo..
२०७६ माघ ७ गते मङ्गलवार

तुलससीपुर, नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र तुलसीपुरले बिद्यतु मिटर बितरण गर्ने समयलाई प्रभाबकारी बनाउन नेबिसंघले आग्रह गरेको छ । प्राधिकरणले हप्ताको सोमबार एक दिन मात्र बिद्यतु मिटरको निबेदन दर्ता गर्ने र प्रक्रियालाई अगाडी बढाउने कार्य गर्दै आएको छ । तर एक दिन मात्र मिटरका लागि निबेदन दर्ता र प्रक्रियाको काम गर्दा सेवाग्राहीहरुले प्रभाबकारी सेवा पाउन नसक्ने भएकाले हप्तामा ६ दिन नभएपनि कम्तिमा २ दिन गराउनु पर्ने माग गरीएको नेबिसंघ अनील कार्कीले बताए ।
पश्चिम दाङको बबई गाँउपालिकाका सेवाग्राही समेत आउने गरेको तर सोमबार मात्र बिद्यतु मिटर बितरणको काम गर्दा समस्या हुने गरेकोले नेपाल बिद्यतु प्राधिकरण बितरण केन्द्र तुलसीपुरका प्रमुख ईन्जीनियर जगननाथ लामिछानेलाई आग्रह गरीएको उनले बताए ।
कार्यालयमा पुगि यो सेवालाई थप प्रभाबकारी बनाउन आग्रह गरेका छौं प्राधिकरणले सकारात्मक रुपमा लिएको पायौं, उनले भने । त्यसैगरी प्रमुख ईन्जीनियर लामिछानेले यसबारेमा तयारी भई रहेको बताए । एक दिनमै काम सकिने भएकाले पनि सोमबार एक दिन बिद्यतु मिटर बितरणको समय तोकिएको भन्दै उनले अब हप्तामा सोमबार र बिहीबार दुुई दिन निबेदन दर्ता र मिटर बितरण प्रक्रियाको कामको तयारी भई रहेको बताए ।
हप्ताको ६ दिन भने गराउन नसकिने उनले बताए । निबेदन दर्ता देखि सबै प्रक्रिया पुरा गर्नुपर्ने बिद्यतु मिटर जडान गर्न जार्दा कमर्चारीले भ्याउन नसक्ने जिकिर उनको भनाई थियो ।
प्राधिकरण तुलसीपुर केन्द्रमा झण्डै ४४ हजार सेवाग्राही रहेका र ४८ जना कर्मचारीले सेवा दिदा करिव ८ सय सेवाग्राही बराबर एक जना कर्मचारीले काम गर्नुपर्ने अबस्था रहेको उनले बताए । माघ महिना कर्मचारीको सरुवा हुने महिना भएकाले आगामी दिनमा थप कर्मचारी आए माग अनुसारको सेवा दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार