काठमाडौं , धादिङमा ढोलामण्डली तिर्थस्थलको दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। धादिङको ज्वालामुखी गाउँपालिका-४ स्थित ढोलामण्डलीमा मंगलबार लागेको मेला हेरेर फर्केका यात्रु बोकेको ट्रक दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ। धादिङबेँसी फर्कँदै गरेको उक्त ट्रक निलकण्ठ नगरपालिका-९ को मैली भञ्ज्याङमा दुर्घटना भएको हो। ट्रकमा ४० जना भन्दा धेरै यात्रु रहेको बताइएको छ। घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालहरुमा पुर्याइएको छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस