शिक्षक कर्मचारीलाई विद्युतिय हाजिरी

Author Logo..
२०७६ माघ ७ गते मङ्गलवार

 


घोराही, ७ माघ । घोराही उपमहानगरपालिका १७ ले विद्युतीय हाजिरी मेसिन उपलब्ध गराएको छ । प्रविधीको प्रयोग सँगै शिक्षक कर्मचारीहरुलाई विद्यालयमा सयममै उपस्थित गराउने उदेश्यले उपलब्ध गराएको वडाले जनाएको छ । चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेट मार्फत वडा कार्यालयले शिक्षक कर्मचारीलाई समयमै विद्यालयमा उपस्थित गराउने र समय अबधीभर बिद्यालयमा रहनका लागि वडाका ५ वटा विद्यालयमा विद्युतिय हाजिरी मेसिन उपलब्ध गराएको हो । यस अघि रजिष्टरमा हाजिरी जनाउदै आएका शिक्षक कर्मचारीहरुले अब उपस्थित भएको र विदा हुने समयमा विद्युतिय हाजिरी गर्नुपर्ने छ ।

नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले मंगलवार गोरक्ष रत्ननाथ मावि चौघेरालाई उक्त मेसिन हस्तान्तरण गर्दै सबैले आ आफ्नो जिम्मेवारी पुरा गरे मात्रै तोकिएका लक्ष्यहरु पुरा हुने बताईन् ।

शैक्षिक सुधार विना अन्य विकासहरु सहज ढंगले हुन नसक्ने भन्दै शिक्षकहरुले आफ्नो भूमिका, जिम्मेवारी र कतव्र्यलाई भूल्न नहुनेमा जोड दिईन् । बढ्दो सूचना र प्रबिधीलाई समेत अधिकतम प्रयोग गर्दै शैक्षिक र सामाजिक सुधार ल्याउन उपमहानगर लागि परेको समेत बताईन् ।

सामुदायिक विद्यालयको शिक्षण सिकाईमा विश्वास जगाउने, गुणस्तरीय शिक्षा दिने र अभिभावकको मन जित्ने गरी सुधार आउन आबस्यक रहेको बताईन् । वडा अध्यक्ष खुसीराम चौधरीले शिक्षकहरुको विद्यालयमा समयमै उपस्थिती र जिम्मेवारी बोध गराउन विद्युतीय हाजिरी जडान गरिएको बताए ।

वडा सदस्य तुलप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण तेजकुमार शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार