दाङ, दाङमा प्रहरीले प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतुत्व नेकपाका ५ जना नेतालाई सोमबार पुन : पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतबाट धरौटीमा रिहाभए लगत्तै प्रहरीले नेकपामा ५ जना नेताहरुलाई पुनः अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको हो । गत असोज ३० गते राजपुर गाउँपालिका ४ बाट पक्राउ परेका उनीहरुलाई पुसको ७ गते दाङ देउखुरी अदालतले १५/१५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
सोही अनुसार धरौटी बुझाएर छुटेका उनीहरुलाई दिउँसो प्रहरीले पुन : पक्राउ गरेको हो । पक्राउ पर्नेमा पार्टीका राप्ती व्यूरो सदस्य एंव न्याय विभाग समिति दाङका संयोजक रामबहादुर थापा , दाङ जिल्ला इन्चार्ज यामलाल कटुवाल, थवाङ स्वायत्त क्षेत्र इन्चार्ज हितप्रसाद रोका, थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी अमृत घर्ती मगर र पार्टी सदस्य इन्द्रबहादुर वली रहेका छन् । राप्ती गाउँपालिकाबाट २१ जना नेता, कार्यकर्ता पक्राउ परेका थिए । ति मध्ये ११ जना पुन : पक्राउ मुद्धा चलाएको र ति मध्ये ४ जना कपिलवस्तुबाट रिहा भईसकेका छन । त्यसैगरी ४ जनालाई रोल्पा र १ जनालाई सल्यान लगिएको छ ।