तिर्थराज ज्ञवाली, देउखुरी दाङ, राप्तीमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धि सरोकारवालाहरुसंग सहकार्य बैठक सम्पन्न गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रको आयोजनामा राप्ती गाउँपालिका क्षेत्रका सरोकारवालाहरुसंग सहकार्य बैठक गरिएको हो ।
पछिल्लो समयमा नेपाल सरकारको निति तथा कार्यान्वयनको प्रक्रियाका वारेमा समेत बैठकमा जानकारी गरिएको छ । राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता र गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धि सरोकारवालाहरुसंग सहकार्य बैठकमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले राष्ट्रब्यापी सञ्चालन गरेका कार्यक्रमको वारेमा जानकारी दिईएको थियो । मानव जिवनमा धुम्रपान तथा सुर्तिजन्य पदार्थले गर्ने हानि तथा कालान्तरमा यसको स्वास्थीक तथा आर्थिक असरका वारेमा नागरिकलाई सचेत बनाउन समेत आवस्यक रहेको बताईएको छ ।
राप्ती गाउँपालिकाका कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, उद्योग बाणिज्य संघका प्रतिनिधि, महिला समुह, निगरानि समुह, विद्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा नेपाल तथा विश्वब्यापी रुपमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ प्रयोग र असरका बारेमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल कुमार शर्माले बताए ।
नेपालमा १७ प्रतिशत नागरिकले धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोग गर्ने गरेको, देशको ४३ अरव बरावरको रकम खर्च भैरहेको, विश्वमा ७ प्रकारका गम्भीर रोगको कारण धुम्रपान तथा सुर्तिजन्य पदार्थ प्रयोग रहेको, मन्द विषको रुपमा रहेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ प्रयोगले अनाहकमा मानिसको ज्यान समेत गैरहेको सरोकारवालाहरुसंग सहकार्य बैठकमा जानकारी दिईएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत भरत बहादुर कुवर, नायव शुब्बा प्रकाशमणि ढुँगेल, कर्मचारी महेश कार्की लगायतको सहभागीता रहेको कार्यक्रममा स्वास्थ्य शाखा संयोजक नारायण रावत तथा सह संयोजक भारती संञ्यासीले राप्ती गाउँपालिका क्षेत्रमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ प्रयोगको अवस्थाका वारेमा जानकारी गराएका थिए ।