शरद रेग्मी तुलसीपुर, ६ माघ । तुलसीपुर महोत्सव नजिकिंदै गर्दा महोत्सवमा यातायात व्यवस्थापनलाइ सहज बनाइएको छ । विशेषगरी नजिकका यात्रुहरुलाइ लक्षित गरी यातायात व्यवस्थापन समेत भैसकेको महोत्सव आयोजक यातायात उपसमितिले जनाएको छ । कुनैपनि यात्रुले महोत्सवमा यातायातको समस्या भोग्नुपर्ने अवस्था नआओस भनेर यातायात व्यवस्थापन गरिएको यातायात तथा स्वयमसेवक उपसमितिका संयोजक शुरेश हमालले बताए । त्यसैगरी महोत्सव अवधि भर पश्चिम कृष्णमन्दीर,पूर्व विजौरी र उत्तर लाहुरेचौर, दक्षिण पुकार पसल सम्म चढे झरे दश रुपैया भाडा तोकिएको समेत उनले बताए । तुलसीपुर उपमहानगरपालिकाका यात्रुहरुलाइ मध्यनजरगर्दै जिल्लाका सवै यातायात व्यवसायीहरुको पहलमा नगर बस संचालनको अवधारणा ल्याइएको बताइएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस