युवा ब्यवसायी बस्नेतले जन्मदिनको अवसरमा मृगौला पिडितलाई आर्थिक सहयोग गरे

Author Logo..
२०७६ माघ ५ गते आइतवार

तुलसीपुर, तुलसीपुरका एक जना युवा ब्यवसायी तथा समाजसेवीले जन्मदिनको अवसरमा मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् । नेपाली काँग्रेस दाङ क्षेत्र नं ३ का उपसभापती समेत रहेका समाजसेवी प्रमोद बस्नेतले आफ्नो जन्मदिनको अवसरमा मृगौला पिडीतलाई आर्थिक सहयोग गरेका छन ।

मृगौला पिडित तुलसीपुर उपमहानगरपालिका ९ सल्लिबनका ५५ बर्षिय सार्कु वलीलाई बस्नेतले ६ हजार १०५ रुपैया सहयोग गरेका हुन् । वलीलाई सहयोग गर्दै बस्नेतले पछिल्लो समय मानिसहरुले जन्मदिन, विवाह उत्सव धेरै खर्च गरेर मनाएका हुन्छन्, तर मैले त्यसो नगरी मृगौला पिडिती वलीलाई थोरै भएपनि सहयोग गरेको बताए । त्यसैगरी उनले वलीलाई सहयोग गर्न पाउँदा आफु धेरै खुशी भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार