तुलसीपुर, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)को पक्षमा आफुहरु रहेको बताए । प्रेस युनियन दाङले आइतवार दाङको तुलसीपुरमा गरेको आयोजना गरेको सम्मेलनमा देउवाले यस्तो बताए । त्यसैगरी उनले एमसिसी पारित गर्ने पक्षमा कांग्रेस रहेको बताए । उनले भने, त्यो मेरो पालमा सम्झौता भएको हो । यसको पक्षमा कांग्रेस छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपालमा पहिलो पटक अमेरिकाले ठुला राशी आर्थिक सहयोग गर्न लागेको भन्दै यो धेरै महत्वको कुरा भएकाले कुनै पनि हालतमा नरोक्नु पर्ने बताए । त्यो सहयोगले विद्युत् तथा सडक निर्माणमा धेरै सहयोग हुने उनले बताए ।
उनले आफ्ना पाला सम्झौता भएको भएता पनि यसलाई अहिलेको सरकारले अगाडी बनाउने आफु विश्वस्त रहेको बताए । त्यसैगरी उनले राष्ट्रियताको पक्षमा बोल्दा साथीलाई चित्त दुखाई भएको समेत बताए । उनले भने, कालापानी, लिपुलेक नेपालको हो भन्दा भारतको भन्दा साथीहरुको बढि चिक्त दुखेछ । त्यसैगरी उनले वर्तमान सरकारले २ बर्षसम्म राष्ट्रका लागि केही गर्न नसकेको आरोप लगाए ।