तुलसीपुर, ४ माघ । निजि अस्पतालहरुको साझा संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यसन नेपालका केन्द्रीय उपाध्यक्ष हरि रिजालले सरकारी र निजि अस्पतालको सहकार्य आवश्यक रहेको बताएका छन् । बुटवलमा भएको संगठनको प्रदेश ५ को साधारणसभा तथा अधिवेशनलाई उद्घाटन गर्दै उनले स्वास्थ्यको गुण्स्तर सुधार गर्न सरकारी र निजि अस्पतालबीचको सहकार्य आबश्यक रहेको बताए ।
रामप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रिजालले यस्तो बताए । कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र महतो, लुम्बिनी टेक्निकल इन्स्टिच्यु एण्ड हस्पिटलका अध्यक्ष भिम तुलाचन , लुम्बिनीको अञ्चल अस्पतालका पूर्व अध्यक्ष वावुराम भट्टराई, दिनेश आचार्यलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मुक्ति राज पौडेलले गरेका थिए ।