महोत्सव पश्चिम नेपालकै गरीमाः नगरप्रम्ख पाण्डे

Author Logo..
२०७६ माघ ४ गते शनिवार


शरद रेग्मी, तुलसीपुर, ४ माघ । आसन्न तुलसीपुर महोत्सवलाई भव्य र सभ्य बनाउन छलफलहरु जारी भैरहेका छन् । यसैक्रममा तुलसीपुर उद्योग वाणिज्य संघमा महिला उद्धमीहरुबीचको छलफल, सुरक्षा समितिका पदाधिकारीबीच छलफल र राजनितिक दल र स्थानिय सरकारबीच पनि छलफल सम्पन्न भएको छ । छलफलका क्रममा सवैको सहकार्यले तुलसीपुर महोत्सव सफल बनाउने सहमती पनि भएको छ ।
‘नेपाल भ्रमणबर्षको कायक्रम सहित यसलाइ सफल पार्ने स्थानिय सरकारको बार्षिक क्यालेन्डर अनुरुप यो महोत्सव पनि हो, त्यसैले यो महोत्सवकालागी हामी अत्यन्तै सकारात्मक छौं’, कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने । साथै उनले हरेक उत्सवलाइ महोत्सवका रुपमा लिइने भन्दै यो महोत्सव पश्चिम नेपालकै गौरवको रुपमा लिइनुपर्ने बताए । साथै उनले महोत्सवलाइ लैगिकमैत्री, महिलामैत्री, अपांगमैत्री बनाउन पनि आग्रह उनको थियो ।
त्यसै अवसरमा बोल्दै नगरप्रमुख पाण्डेले यस अघि बहिरा संघले आयोजना गर्नथालेको महोत्सव रोकीएको सन्दर्भ कोट्याउंदै उनीहरुको मिसनमा पनि महोत्सवले सहयोग गर्ने अभिव्यक्ति दिए । ‘राम्रो गर्दा नराम्रो म्यासेज नजाओस हामीले त्यहि चाहेका छौं’—पाण्डेले भने, महोत्सवलाइ भव्य र सभ्य बनाउन हामीले आयोजकलाइ साथ सहयोग र समन्वयको अपेक्षा गरेका छौं ।’
सर्वदलिय कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष क्षेत्र वहादुर बस्नेतले थारुहरुको संस्कृतिलाइ उजागर गर्न र वहुर्सांस्कृतिक क्षेत्र बनाउन पनि महोत्सव केन्द्रित हुनुपर्ने बताए । साथै महोत्सवलाइ सफल बनाउनकालागी अन्य राजनितिक दलका प्रतिनिधिहरुकोृ पनि सहभागिता रहेको थियो । छलफल कार्यक्रममा नेकपा तुलसीपुर नगरकमिटि संयोजक खुसीराम चौधरीले पश्चिम दाङकै इज्यतका रुपमा रहेको यो महोत्सवलाइ भव्य र सभ्य रुपमा सफल बनाउन आफ्नो पार्टिको सक्रिय सहयोग रहने पनि बताए । साथै महोत्सव सफल पार्ने यहिंकै जनशक्ति प्रयाप्त भएको अवस्थामा महोत्सवमा नेकपाको पनि सक्रिय सहभागिता हुने बताए ।


कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि तथा अधिकारकर्मि समेत रहेकि सुषमा गिरीले महोत्सवमा महिला अधिकारका विषयमा पनि वहस हुनपुर्ने बताउंदै सडक सुरक्षाका विषयमा विशेष ध्यान केन्द्रित गर्नुपर्ने बताइन् । त्यसकालागी सडक सुरक्षाका विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाइ आग्रह पनि गरीन् ।
यसैं कार्यक्रममा होटल व्यावसायी समितिका सचिव इन्द्र वहादुर बस्नेतले महोत्सवमा होटल व्यावसायीहरुले सकारात्मक भुमिका निर्वाह गर्ने बताए । कांग्रेसका युवा नेता तथा क्षेत्रीय उपसभापति प्रमोद बस्नेतले महोत्सवलाइ सफल बनाउन प्रजातान्त्रिक उदोगी व्यवसायीहरुको पनि सक्रिय सहभागिता जनाउने अभिव्यक्ति दिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अधयक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक विरु रावतको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशन समितिका संयोजक विमल रिजालले महोत्सव सवैको साझा भएको भन्दै यस अघि आयोजना हुन थालेर पनि हुन नसकेको वहिरा महोत्सवको उदेश्य अनुरुप सहयोग गर्ने प्रतिवद्धता पनि व्यत्तः गरे । उनले वहीरा छात्रावार र त्यसवेलाको व्यवस्थापकिय खर्च स्वरुप साढे ७ लाख रुपैया राप्ती वहीरा संघलाइ दिने पनि अभिव्यक्ति दिए । कायैक्रमको सहजीकरण उद्योग वाणिज्य संघका महासचिव रुप वहादुर खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार