प्रथम खुला फुटसलको उपाधी ज्ञानज्योतिलाई

Author Logo..
२०७६ माघ ४ गते शनिवार

 


लक्ष्मण बस्नेत , माघ ४ तुलसीपुर । दाङको तुलसीपुरमा संचालित खुला फुटसल प्रतियोगिता २०७६ को उपाधी पब्लिक ज्ञानज्योती स्कुल तुलसीपुरले चुमेको छ । मुनाल युवा क्लब तुलसीपुर ४ रक्षाचौर दाङको आयोजनामा संचालित प्रतियोगिताको फाईनल खेलमा स्काई सुर्खेतलाई पेनाल्टिमा शून्यका विरुद्ध २ गोल अन्तरले पाखा लगाउदै पब्लिक ज्ञानज्योती तुलसीपुरले उपाधी चुमेको हो । उपाधी संगै उसले नगद ५० हजार पुरस्कार राशी तथा कप हात पार्‍यो ।

उता फाइनलमा पराजित स्काई सुर्खेत उपबिजेतामा सिमित रहदै नगद २५ हजार पुरस्कार राशिमा चित्त बुझाउन बाध्य भयो । तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा उल्लेख्य दर्शकका बिचमा भएको कडा प्रतिस्पर्धात्मक र शानदार खेलको निर्धारित समय सिमा सम्म ४/४ गोल को बराबरी भएपछी खेल को नतिजा पेनाल्टी सुट आउट बाट निकालिएको हो । स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

खेल अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री मोहन गौतम र आदेश केसी रहेका थिए । माघ ४ गते सनिवार सम्म चलेको प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईएको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह प्रतियोगिताका संयोजक सुरज डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपालीको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका सदस्य तथा कार्यपालिका सदस्य दिपक कुमालको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेस्ट प्लेयर खेलाडी पब्लिक ज्ञानज्योतिका निशान डाँगी,बेस्ट डिफेन्स स्काई सुर्खेतका सुदिप गुरुङ र बेस्ट किप्पर मुनाल युवा क्लबका सुमन केसीलाई पुरस्कृत गरिएको प्रतियोगिताका सह संयोजक बिमल खड्काले जानकारी दिए । कार्यक्रम को संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार