द्वन्द्वकालीन मुद्दा टुंग्याउन दुई दल विच बुँदे समझदारी

Author Logo..
२०७६ माघ ४ गते शनिवार

काठमाडौं, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच द्वन्द्वकालीन मुद्दा समाधान गर्न दुई बुँदे समझदारी भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुवै दलका शीर्ष नेताहरूको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगबारे दुई बुँदे समझदारी भएको हो ।

शनिवार नै सिफारिस कमिटी बैठक बस्ने बसेर पदाधिकारी सिफारिस गरेलगत्तै मन्त्रिपरिषद बैठक बसेर नाम पारित गर्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख सुवास नेम्बाङ, नेताहरु रमेश लेखक, मिनेन्द्र रिजाल, जितेन्द्र देव र खिमलाल देवकोटा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार