विकास डाँगी, दाङको तुलसीपुरमा तुलसीपुर उद्योग बाणिज्य संघले यहि माघ १० देखी २० गते सम्म चौथो तुलसीपुर महोत्सव २०७६ आयोजना गर्न लागेको छ । तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको बहुआयमिक सभाहललाई पुर्णता दिन र भम्रण बर्ष २०२० लाई सफल बनाउन महोत्वसको आयोजना गर्न लागेको उद्योग वाणिज्य संघले जनाएको छ ।
तुलसीपुरका समाजसेवी यज्ञ बहादुर केसीले तुलसीपुर ९ दोेघरेमा दिएको ४ कठ्ठा र तुलसीपुर उद्योग वाणिज्य संघले किनेको १ कठ्ठा गरी ५ कठ्ठामा करिब १ हजार जना मानिस अट्न सक्ने सभाहल निर्माण हुदैछ । करिब ९ महिना अगाडीदेखी शुरु गरेको सभाहल पैसाको अभावले गर्दा निर्माणमा ढिलाई भएकाले त्यसलाई पुर्णता दिन महोत्सवको आयोजना गर्न लागेको तुलसीपुर उद्यागे वाणिज्य संघका निर्वतमान अध्यक्ष तथा सभाहल निर्माण समितीका संयोजक बिमल रिजालले बताए ।
दाङका कुनै पनि ठुला कार्यक्रम, सभा गर्नको लागी सभाहल नभएकाले त्यसलाई मध्यनगर गरी तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको उनले बताए । हाल सम्म सभाहलको ९० प्रतिशत काम सम्पन्न हुदाँ करिब २ करोड खर्च भएको र त्यसलाई पुर्णता दिन अझै १ करोड खर्च लाग्ने उनले बताए । त्यसैगरी हाल सम्म सभाहल निर्माण गर्नकोे लागी नितान्त ब्यापारी बाहेक अन्य कुनै पनि निकायबाट सहयोग नआएको समेत बताए ।
यता महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक बिर बहादुर रावत बताए । त्यसैगरी उनले पहिले लगाएको महोत्सव भन्दा यो महोत्सव फरक किसीमको हुने समेत बताए । महोत्सवको उद्घाटन पर्यटन, नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराईले गर्ने उनले बताए ।
साथै महोत्सवमा योगा, साईकल ¥याली, मिनी म्याराथुन, विभिन्न क्षेत्रका बारेमा अन्तरक्रिया, सांस्कृतिक कार्यक्रमहरु र दाङ लगाएत अन्य पर्यटकिय स्थलहरुको अवलोकन गर्न चाहानेहरुको लागी हेलिकप्टरको समेत ब्यवस्था गरिएको उनले बताए । अन्य ठाउँमा हु्ने महोत्सव भन्दा तुलसीपुरमा लाग्ने महोत्सवले राष्ट्रस्तरमा चिनाउन आफुहरु लागी परेको उनले बताए । त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघले लगाएका महोत्सवबाट दाङको एयरर्पाेट कालोपत्रे गर्ने, एम्बुलेन्स संचालन गर्न जस्ता उदेश्यले संचालन गरेको थियो ।